Cricket Himalaya
Cricket News From Top of The World

इनरुवा नाइट क्रिकेट : चौथो दिन एपिएफ बिजयी

आसिफ र सरदको बिस्फोटक ब्याटिङ

असोज ८, क्रिकेट हिमालय

सुनसरीको इनरुवामा जारी दोस्रो रात्रिकालिन मेयर कप टि२० क्रीकेट प्रतियोगितामा एपिएफ द्वारा सप्तरी १३९ रनको फराकिलो अन्तरले पराजित भएको छ |

टस हारेर पहिलो ब्याटिङ गर्दै एपिएफले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०० रन बनाएको थियो | आसिफ सेखले बिस्फोटक ब्याटिङ गर्दै ५९ बलमा ९५ रन तथा सरद भेषावकरले ५२ बलमा ७४ रन बनाएका थिए |

बलिङतर्फ सप्तरीका तर्फबाट बिकास दास २ विकेट तथा रोहित सिंहले १ विकेट लिएका थिए |

२०१ रनको बिजय लक्ष्य सहित ब्याटिङ गर्न उत्रेको सप्तरीको टोलि १४.२ ओभरमा सम्पूर्ण विकेट गुमाइ ६१ रन मात्र जोड्न सफल भएपछि ठूलो हार बेहर्यो |

सप्तरीका तर्फबाट बिकास दास १२ रन तथा मह्बूब आलमले १० रन बाहेक अन्य कुनैपनि ब्याटसम्यानले दोहोरो अन्क जोड्न सकेनन |

सप्तरीलाई सस्तोमा समेटन एपिएफका तर्फबाट अमर सिंह रौटेला ३ विकेट, बिकास आग्री २ विकेट तथा पृथु बासकाेटा, शरद भेषावकरले १/१ विकेट लिएका थिए |

खेलको म्यान अफ दि म्याच बिजेता एपिएफ टिमका आसिफ सेख घाेषित भएका छन |