Cricket Himalaya
Cricket News From Top of The World

बयरघारी, स्याङ्गजामा ‘पुरुष क्रिकेट प्रतियोगिता’ हुँदै

असोज ७, क्रिकेट हिमालय

स्याङ्गजा बयरघारी क्रिकेट क्लबको आयोजनामा असोज दोश्रो हप्ता बयरघारि खेल मैदान ढलेबगरमा सुभ दशै एवम तिहारको उपलक्ष्यमा ‘पुरुष क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ |

स्थानीय स्तरमा क्रिकेट प्रती लगाव बढाउने सहयोगी रहने साथै चाडपर्बको अवसरमा युवाहरुलाइ खेलकुद तर्फ डोर्याउन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ |

प्रतियोगिताको बिजेताले नगद रु २५ हजार, उपबिजेताले रु १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ |