Cricket Himalaya
Cricket News From Top of The World

इनरुवा ‘टि२० नाइट क्रिकेट’ : दोश्रो दिन धरान बिजयी

सुबास चन्द्र उत्कृष्ट

असोज ६, क्रिकेट हिमालय

फुलबारी क्रिकेट क्लबको आयोजनामा सन्चालित ‘रात्रीकालिन क्रिकेट’ को दोश्रो दिनको खेलमा सेभेन स्टार इटहरिलाइ ४५ रनले पराजित गर्दै बिपिकेआइएचएस बिजयी भएको छ |

टस हारेर सुरुमा ब्याटिङ गरेको बिपिकेआइएचएसले १६.३ ओभरमा अल आउट हुँदै ११८ रन बनाएको थियो | सुबास चन्द्रले २७ बलमा ४८, बिबेक झा १९ बलमा २३ रन बनाएका थिए |

सेभेन स्टार इटहरिका लागि भुपाल लुइटेलले ४ ओभरमा ३४ रन दिएर ५ विकेट, जोसक खडकाले ४ ओभरमा १ मेडन सहित २५ रन दिएर ३ विकेट लिएका थिए |

लक्ष पछ्याएको सेभेन स्टार १६.६ ओभरमा अल आउट हुँदै ७३ रनमा समेटिएपछी ४५ रनको हार बेहर्यो | अनिस लुइँटेलले ३१ बलमा २०, मनिस दाहलले १८ बलमा १८ रन बनाएका थिए |

धरानका लागि दिलिप गुप्ताले ३, छुन्नु यादब र प्रमोद मान सिंह यादबले समान २/२ विकेट लिएका थिए |

धरानका सुबास चन्द्र प्लेयर अफ द म्याच घोसित भएका थिए |

असोज ४-१८ सम्म सन्चालन हुने उक्त प्रतियोगितामा कुल १६ टिम समाबेस रहेका छन |

टाइसिट