Cricket Himalaya
Cricket News From Top of The World

इनरुवा ‘टि२० नाइट क्रिकेट’ : हरि शन्कर साह उत्कृष्ट, जनकपुर बिजयी

पहिलो दिन

असोज ४, क्रिकेट हिमालय

फुलबारी क्रिकेट क्लबको आयोजनामा सन्चालित ‘रात्रीकालिन क्रिकेट’ को पहिलो दिनको खेलमा चितवनलाई ८ विकेटले पराजित गर्दै बिजयी सुरुवात गरेको छ |

टस जित्दै सुरुमा ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११६ रन बनाएको थियो | बिकल गुप्ताले २९ बलमा ३३, दिपेस श्रेष्ठले १७ बलमा २३, सप्निल अधिकारिले २० बलमा १८, सन्तोस न्यौपानेले २० बलमा १० रन बनाएका थिए |

जनकपुरका लागि हरि शन्कर साहले ४ ओभरमा १ मेडन सहित १२ रन दिएर ४ विकेट लिए भने रन्जन यादब र विशाल सुसलिङ्ग्ले समान १/१ विकेट लिएका थिए |

लक्ष पछ्याएको जनकपुर ८ चौका र २ छक्का सहित हरि शन्कर साहले ४४ बलमा ६४ रन, आलोक कुमारले २६ बलमा ३० रन बनाएपछी १३.२ ओभरमा २ विकेट गुमाएर ११८ रन बनाएपछी सहज ८ विकेटको जित हात पार्यो |

चितवनका लागि किसोर महतोले ३ ओभरमा २२ रन दिएर २ विकेट लिएका थिए |

जनकपुरका हरि शन्कर साह प्लेयर अफ द म्याच घोसित भएका थिए |

असोज ४-१८ सम्म सन्चालन हुने उक्त प्रतियोगितामा कुल १६ टिम समाबेस रहेका छन |

टाइसिट