Cricket Himalaya
Cricket News From Top of The World

नेक्ससको ‘एकेडमी क्रिकेट एकेडमी (ACL)’ को भब्य उद्घाटन

पहिलो खेल नेक्सस र एच सि ए बिच हुँदै

असोज ४, क्रिकेट हिमालय

संबिधान दिबसको अबसरमा राष्ट्रिय खेलकुद परिषदको प्रर्वधन एबं नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौ स्थित ‘मुलपानी क्रिकेट मैदान’ मा एकेडेमी क्रिकेट लिग (एसिएल) यु१९ टि२० क्रिकेट प्रतियोगिताको भब्य उद्धघाटन भएको छ |

उद्धघाटन कार्यक्रममा रास्ट्रीय खेलकुद परिषदका बिभागिय प्रमुख मधुसुदन बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो |

टाइसिट

निजी लगानीबाट संचालित देशभरका क्रिकेट एकेडेमी मध्ये १६ वटा टिम सहभागी गराइ एक राष्ट्रिय उत्सवका रुपमा प्रतियोगितालाई स्थापित गराउने उद्वेश्य रहेको जनाइएको छ |

एजुकेशन टेलिभिजनले प्रतियोगिताको सम्र्पुण खेल प्रत्येक्ष प्रशारण गर्नेछ भने नेक्सस क्रिकेट एकेडेमीको फेसबुक एबं युटुब च्यानल एनसिए नेपालबाट पनि प्रत्येक्ष प्रशारण हुने छ ।

प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडी तथा अफिसियल हरुको रु ५,००,००० को दुर्घटना बिमा गरिनेछ ।

उक्त प्रतियोगितामा ओसिस क्रिकेट एकेडेमी काठमाण्डौ, बिराटनगर क्रिकेट एकेडेमी मोरङ, स्वतन्त्र युवा क्रिकेट एकेडेमी बिरगंज पर्सा, जय क्रिकेट एकेडेमी महेन्द्रनगर कन्चनपुर, ग्रटर हिमालय क्रिकेट एकेडेमी काठमाण्डौ,नेक्सस क्रिकेट एकेडेमी ए र बी काठमाण्डौ, वेष्टर्न क्रिकेट एकेडेमी बुटवल, ज्ञनज्योती क्रिकेट एकेडेमी दाङ, पोखरा क्रिकेट एकेडेमी पोखरा, राईजिङ पोखरा क्रिकेट एकेडेमी कास्की, हिमालय क्रिकेट एकेडेमी काठमाण्डौ, रामारोशन क्रिकेट एकेडेमी काठमाण्डौ, नेपाल स्पोर्टस म्यानेजमेन्ट काठमाण्डौ, एन्जल स्पोर्टस एकेडेमी काठमाण्डौ, र काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर सहभागी हुने छन ।

प्रतियोगितामा बिजेतालाई १,५०,००० र उपबिजेतालाई १,००,००० नगद तथा ट्रफी,मेडल र प्रमाणपत्र उपलब्ध गराइने छ ।

प्रतियोगितामा हरेक खेलमा म्यान अफ दि म्याच लाई रु १,००० नगद एबं ट्रफी, बेष्ट बलर, बेष्ट ब्याटम्यान, म्यान अफ दि सिरीज र ईमर्जीङ ल्पेयरको अवाड समेत प्रदान गरिनेछ ।

प्रथम पुरुष्कार राशी अजोड ईन्सुरेनस लिमिटेडले प्रयोजन गरेको छ भने म्यान अफ द म्याचको लागि नगद फाउन्डेशन अफ डेभलपमेन्ट म्यानेजमेन्टले प्रदान गरेको छ ।

म्यान अफ द सिरिज, बेष्ट बलर, बेष्ट ब्याटम्यान गरि प्रतियोगिताका उत्कृष्ट ३ खेलाडीले ई पी एल टिम काठमाण्डौ किङस ११ को ट्यालेन्ट हन्टमा डाइरेक्ट अन्तिम छनौट चरणमा प्रबेश पाउने छन ।

टि२० फरम्याटमा लिग कम नकआउटका आधारमा संचालन हुने उक्त प्रतियोगितामा दिनमा २ खेल खेलाइनेछ ।

सहभागि टिमहरुलाइ ४ पोलमा बिभाजन गरि खेलतालिका तय गरिएको छ ।

४ उत्कृट खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमीले दिल्लीमा ६ महिना निशुल्क प्रशिक्षणको ब्यबस्था मिलाएकोछ भने अन्य ५ खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमी काठमाण्डौमा १ बर्षको निशुल्क प्रशिक्षणको ब्यबस्था गरिएकोछ ।

यु१९ उमेर समुहको प्रतियोगिता भएकाले प्रतियोगितामा २०५७÷०६÷०१ गते भन्दा पछि जन्म भएको प्रमाण खुल्ने नागरिकता वा जन्म दर्ता वा कक्षा ८ को प्रमाण पत्र वा एस इ इको प्रमाणपत्र लगाएत सरकारी कागजपत्रलाई आधार मानिने जानकारी आयोजकले दिएको छ |

आइ सि सि ले निर्धारण गरेको खेल नियम अनुसार खेलहरु खेलाइने छ ।

प्रतियोगितामा एभरेष्ट हस्पीटल मेडिकल पाटनरका रुपमा सहभागि भएकोछ । खेल अबधिभर फिजियो सहितका स्वास्थ्यकर्मीहरुको एक टोली खेलमैदानमा रहने समेत आयोजकले जनाएको छ |