Cricket Himalaya
Cricket News From Top of The World

‘इन्भाइटेसनल कप’ को उपाधी बिजेता गोरखा स्ट्राइकर्स

असोज ३, क्रिकेट हिमालय

काठमाडौ किङ्ग्स ११ ले रोयल केसिटिसी इन्डोरमा आयोजना गरेको ‘इन्भाइटेसनल कप’ को उपाधी नयापत्रीका गोरखा स्ट्राइकर्सले जितेको छ |

पहिलो खेल : काठमाडौ किङ्ग्स ट्विटर ब्लास्टर्स र काठमाडौ किङ्ग्स लिटल लायन्स

सुरुमा ब्याटिङ गरेको व्लास्टर्सले १० ओभरमा ५ विकेट गुमाउँदै ९० रन बनाएको थियो |रवि तिमिल्सिनाले २३ बलमा ४१ रन बनाएका थिए |लायन्सका लागि अमित श्रेष्ठले २ विकेट लिएका थिए |

लक्ष पछ्याएको लायन्सले अमित श्रेष्ठको आक्रमक २३ बलमा ५१ रनको सहयोगमा ९.४ ओभरमा २ विकेट गुमाउदै ९२ रन बनाएपछी ५ विकेटको जित हात पार्यो |ब्लास्टर्सका सन्तोस ज्ञवलिले २ विकेट लिएका थिए |

दोश्रो खेल : नया पत्रीका गोरखा स्ट्राइकर्स र नेपाली क्रिकेट समर्थक समाज (एन सि एस एस)

सुरुमा ब्याटिङ गर्दै बबिन शर्माको ९ बलमा २३ रनको सहयोगमा गोरखाले १० ओभरमा ५ विकेट गुमाउदै ८४ रन बनाएको थियो | समाजका लागि बिबेक चन्द र आश्रय अधिकारिले समान २/२ विकेट लिएका थिए |

लक्ष पछ्याएको समाज १० ओभरमा ६ विकेट गुमाउदै ७८ रनमा सिमित भएपछी ६ रनले पराजित रह्यो | उसका लागि आश्रय अधिकारिले १३ बलमा २४, बिबेक चन्दले १० बलमा १९ रन बनाएका थिए | गोरखाका लागि बबिन शर्माले २ विकेट लिएका थिए |

तेश्रो खेल : किङ्ग्स क्रिकेट क्लब र एन सि एफ सि

सुरुमा ब्याटिङ गरेको किङ्ग्सले १० ओभरमा ४ विकेट गुमाउँदै ५६ रन बनाएको थियो | अनिश मैनालिले २० बलमा ३३ रन बनाएका थिए | एनसिएफसिका लागि तपेन्द्र बिस्टले २ विकेट लिएका थिए |

लक्ष पछ्याएको एनसिएफसिले ८.२ ओभरमा ३ विकेट गुमाउदै ५७ रन बनाएपछी ४ विकेटको जित हात पार्यो | देयन सुनारले १९ बलमा २६ रन बनाएका थिए | किङ्ग्सका लागि बिकास खत्रीले २ विकेट लिएका थिए |

चौथो खेल : एनएसजेएफ र रोयल केसिटिसी इन्डोर क्रिकेट

एनएसजेएफ सुरुमा ब्याटिङ गर्दै ६.४ ओभरमा अल आउट हुँदै मात्र १७ रनमा समेटिएको थियो | बिभु श्रेष्ठले १२ बलमा १० रन बनाएका थिए | रोयलका लागि अभियान बस्नेतले १ विकेट लिएका थिए |

झिनो लक्ष पछ्याएको रोयलले ३ ओभरमा कुनै विकेट नगुमाइ २० रन बनाएपछी सहज ७ विकेटको जित हात पार्यो | रशिक खडकाले ७ बलमा ११ रन बनाएका थिए |

पहिलो सेमिफाइनल : एनसिएफसी र काठमाडौ किङ्ग्स लिटल लायन्स

एनसिएफसिले सुरुमा ब्याटिङ गर्दै १० ओभरमा ५ विकेट गुमाएर ८९ रन बनाएको थियो | देयन सुनुवारले १९ बलमा ३७ रन बनाएका थिए | लायन्सका लागि आकास चन्दले २ विकेट लिएका थिए |

ठूलो लक्ष पछ्याएको रोयल्स ८ ओभरमा अल आउट हुँदै ४५ रनमा समेटिएपछी ४४ रनले पराजित रह्यो | सुशोभन मानन्धरले १४ बलमा १८ रन बनाएका थिए | एनसिएफसिका लागि तपेन्द्र बिस्टले ४ विकेट लिएका थिए |

दोश्रो सेमिफाइनल : नयापत्रीका गोरखा स्ट्राइकर्स र रोयल केसिटिसी इन्डोर क्रिकेट

झिनो ५० रनको लक्ष पछ्याएको रोयल ८.५ ओभरमा अल आउट हुँदै ३७ रनमा सिमित भएपछि १२ रनले पराजित रह्यो | रशिक खडकाले १६ बलमा ११ रन बनाएका थिए | गोरखाका लागि बबिन शर्माले २ विकेट लिएका थिए |

सुरुमा ब्याटिङ गरेको गोरखा ८.५ ओभरमा अल आउट हुँदै ४९ रनमा समेटिएको थियो |सौरभ सिंहले ९ बलमा १६ रन बनाएका थिए | रोयलका लागि प्रसिद्ध श्रेष्ठले १ विकेट लिएका थिए |

फाइनल : एनसिएफसी र नयापत्रीका गोरखा स्ट्राइकर्स

फाइनल खेलमा सुरुमा ब्याटिङ गर्दै एनसिएफसिले १० ओभरमा ६ विकेट गुमाएर ६५ रन बनाएको थियो |लोकेस बमले ३१ बलमा ३५ रन बनाएका थिए | गोरखाका लागि रोबिन शर्माले २ विकेट लिएका थिए |

लक्ष पछ्याएको गोरखाले ९.३ ओभरमा ५ विकेट गुमाउँदै ६६ रन बनाएपछी २ विकेटको जित हात पार्यो | बबिन शर्माले २५ बलमा ३० रन बनाएका थिए | एनसिएफसिका लागि सुमन कार्किले १ विकेट लिएका थिए |

प्रतियोगिता अन्तर्गत नयापत्रीका गोरखा स्ट्राइकर्सका बबिन शर्मा म्यान अफ द सिरिज घोसित भएका थिए |