Cricket Himalaya
Cricket News From Top of The World

नेपाल र भारत बिच ३ खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज हुदै

असोज ३, क्रीकेट हिमालय

 

व्हीलचियर क्रीकेट संघ, नेपालको आयोजनामा नेपाल र भारत बिच शारीरिक अशक्तहरुको टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रीकेट सिरिज हुन लागेको छ।

सिरिज अन्तरगत असोज ५,६ र ७ गते गरि ३ टि-ट्वान्टी खेल हुनेछन्। त्यसको लागि दुबै टिम तयार भइसकेका छन्। सिरिजको लाई व्हीलचियर क्रीकेट बोर्ड नेपालले १५ सदस्यीय टिम छनोट गरिसकेको छ भने भारतबाट दिव्यांग क्रीकेट कन्ट्रोल बोर्ड भारतले टिम छनोट गरेको छ।

नेपाली टिम

 

भारतीय टिमले आगामी कार्यक्रमहरुलाइ मध्यनजर गरि उत्कृष्ट टिम बनाउने उदेश्यले सिनियर खेलाडीलाई आराम दिइ युवा खेलाडीलाई टिममा मौका दिएको बताएको छ। भारतीय टिम हिजो हिडेको खबर छ सम्भवत आज नेपाल आइपुग्नेछ। नेपाल आउने भारतीय टिममा १९ खेलाडी सहित २३ जना सहभागी छन्।

भारतीय टिम

सिरिज अन्तरगतका खेल असोज ५,६ र ७ गते बिहान ७ बजेदेखि जाउलाखेलमा रहेको एसटि जेभियर स्कुल (St. Xavier’s School) को मैदानमा हुनेछन्।

यश अगाडि असारको अन्तिम हप्ता हुने भनिएको सिरिज खराब मौसमको कारण सारिएको थियो। फेरि डिसेम्बरमा दिव्यांग क्रीकेट कन्ट्रोल बोर्ड भारतले नेपाल, अफगानिस्तान, भारत र बाङ्लादेश बिच अन्तर्राष्ट्रिय व्हीलचियर क्रीकेट च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्दैछ।
त्यस्तै सन २०२० मा थाइल्यान्डमा व्हीलचियर विश्वकप क्रीकेट प्रतियोगिता हुनेछ।