Cricket Himalaya
Cricket News From Top of The World

इनरुवामा ‘नाइट क्रिकेट’, देशैभरिका टिम सहभागी

असोज २, क्रिकेट हिमालय

फुलबारी क्रिकेट क्लबको आयोजनामा असोज ४ गतेबाट १८ सम्म इनरुवा रंगशालामा ‘रात्रीकालिन क्रिकेट’ हुँदैछ ।

टि २० को फर्मेटमा हुने प्रतियोगितामा तीन विभागीयसहित राष्ट्रिय स्तरका १६ टिमले सहभागिता जनाउँदै छन् ।

अघिल्लो संस्करणमा १० टिम सहभागि थिए ।
प्रतियोगितामा सहभागिताका लागि देशभरका दुई दर्जन बढी टिमले ईच्छा देखाएको भएपनि १६ वटा टिममात्र समावेश गर्न सकिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभागीय टिमहरु पुलिस, शसस्त्र र आर्मीसहित धनगढी, बिराटनगर, चितवन, जनकपुर, सप्तरी, झापा, बिरगञ्ज, बेलबारी, धरान, दुहवी र आयोजक लगायतका टिमले सहभागिता जनाउँदै छन् ।

प्रतियोगितालाई देशब्यापी बनाउन टेलिभिजनमार्फत सबै खेलहरुको प्रत्यक्ष प्रशारण गर्ने गरी तयारी गरिरहेको आयोजकले जनाएको छ |