Cricket Himalaya
Cricket News From Top of The World

यु१६ झापा च्याम्पियनसिप : चौथो दिन मेल्टन लायन्स बिजयी

भाद्र ३०, क्रिकेट हिमालय

मिलन क्रिकेट क्लब, झापाको आयोजनामा तुर्केनी खेल मैदानमा जारी ‘यु१६ झापा क्रिकेट च्याम्पियन्स लिग’ अन्तर्गत चौथो दिन पहिलो खेल बर्षाले अवरुद्ध रह्यो भने दोश्रो खेलमा मेल्टन लायन्स बिजयी भएका छन |

चौथो दिनको राइजिङ्ग स्टार्स र क्लासिकल इगल्स बिचको पहिलो खेल बर्षाले अवरोध गर्दा हुन सकेन |

दोश्रो खेल : क्लासिकल इगल्स र मेल्टन लायन्स

मेल्टन लायन्सले टस जितेर सुरुमा ब्याटिङ गर्दै ९.४ ओभरमा अल आउट हुँदै ५३ रन बनाएको थियो | आदर्श खतिवडाले ९ बलमा १४ रन बनाएका थिए |

इगल्सका लागि मिलन राउतले २ ओभरमा ४ रन दिएर ४ विकेट लिएका थिए भने सुजन घिमिरेले १ विकेट लिएका थिए |

लक्ष पछ्याएको इगल्स १० ओभरमा ४ विकेट गुमाउदै ४५ रनमा समेटिएपछी ८ रनको हार बेहर्यो |दिपेन गुरुङ्गले २४ बलमा २२ रन बनाएका थिए |

मेल्टनका लागि विशाल धमलाले २ विकेट लिएका थिए |

प्रतियोगितामा मेची राइनोज, राइजिङ्ग स्टार्स, मेल्टन लायन्स, नेपाली राइनोज, क्लासिकल इगल्स गरि कुल ६ टिमको सहभागीता रहेको छ |

समुहका बिजेता टिमहरु फाइनल प्रबेस गर्ने आयोजकले जनाएको छ |

प्रतियोगिता उत्कृष्ट हुने ब्याट्सम्यान र बलरले जनही रु ३५००, सेकेन्ड बेस्टले जनही रु २५०० र तेश्रो उत्कृष्टले जनही रु २००० प्राप्त गर्ने आयोजकले जनाएको छ |

टाइसिट