Cricket Himalaya
Cricket News From Top of The World

यु१६ झापा च्याम्पियनसिप : तेश्रो दिन नेपाली राइनोज र इगल्स बिजयी

भाद्र २९, क्रिकेट हिमालय

मिलन क्रिकेट क्लब, झापाको आयोजनामा तुर्केनी खेल मैदानमा जारी ‘यु१६ झापा क्रिकेट च्याम्पियन्स लिग’ अन्तर्गत तेश्रो दिनको खेलहरुमा नेपाली राइनोज र क्लासिकल इगल्स बिजयी भएका छन |

पहिलो खेल : मेल्टन लायन्स र नेपाली राइनोज

टस हारेर सुरुमा ब्याटिङ गरेको राइनोजले १५ ओभरमा ३ विकेट गुमाउँदै ११६ रन बनाएको थियो | रोजल भेटवालले २६ बलमा ५६ रन बनाएका थिए |

मेल्टनका लागि विशाल धमलाले २ विकेट लिएका थिए |

लक्ष पछ्याएको मेल्टनले १३.५ ओभरमा अल आउट हुँदै ५८ रनमा समेटिएपछी ५८ रनले नै पराजित रह्यो | आदर्श खतिवडाले १९ बलमा १७ रन बनाएका थिए |

राइनोजका लागि चिराग मैनालीले ३ विकेट लिएका थिए |

दोश्रो खेल : क्लासिकल इगल्स र मेची ब्वाइज

सुरुमा ब्याटिङ गर्दै इगल्सले १५ ओभरमा ५ विकेट गुमाएर ८१ रन बनाएको थियो | सुरज पोख्रेलले ३३ बलमा २८ रन बनाएका थिए |

मेचिका लागि सन्देस प्रसाइले १ विकेट लिएका थिए |

लक्ष पछ्याउदै मेची १३ ओभरमा अल आउट हुँदै ५५ रनमा सिमित भएपछी २६ रनले पराजित रह्यो |राहुल खतिवडाले २१ बलमा १७ रन बनाएका थिए |

इगल्सका लागि प्लेयर अफ द म्याच समेत घोसित सौजन घिमिरेले २ ओभरमा ७ रन दिदै ३ विकेट र दिभ्यम अधिकारिले २ विकेट लिएका थिए |

प्रतियोगितामा मेची राइनोज, राइजिङ्ग स्टार्स, मेल्टन लायन्स, नेपाली राइनोज, क्लासिकल इगल्स गरि कुल ६ टिमको सहभागीता रहेको छ |

समुहका बिजेता टिमहरु फाइनल प्रबेस गर्ने आयोजकले जनाएको छ |

प्रतियोगिता उत्कृष्ट हुने ब्याट्सम्यान र बलरले जनही रु ३५००, सेकेन्ड बेस्टले जनही रु २५०० र तेश्रो उत्कृष्टले जनही रु २००० प्राप्त गर्ने आयोजकले जनाएको छ |

टाइसिट