Cricket Himalaya
Cricket News From Top of The World

टेक्सस ‘कलेज क्रिकेट च्याम्पियनसि’ को बिजेता ब्ल्युबर्ड कलेज

भाद्र २९, क्रिकेट हिमालय

टेक्सस कलेजको आयोजनामा सम्पन्न ‘गोल्फुटार इन्डोर’ मा ‘इन्डोर कलेज क्रिकेट च्याम्पियनसिप’ को उपाधी ब्ल्युबर्ड कलेजले जितेको छ |

फाइनल खेलमा टस हारेको ब्ल्युबर्डले १० ओभरमा ४ विकेट गुमाउदै ११७ रन बनाएको थियो | सचिन लेखकले २१ बलमा ४५, बिबेक रानाले २० बलमा २९ रन बनाएका थिए |

बिजेता ब्ल्युबर्ड कलेजले नगद रु ५१ हजार, उपबिजेता ग्लेसियर कलेजले नगद रु २५.५ हजार प्राप्त गरेका थिए |

ग्लेसियरका लागि कैलास भट्टराई र दिपेन्द्र बोहराले समान १/१ विकेट लिएका थिए |

लक्ष पछ्याएको ग्लेसियर ७५ रनमा समेटिएपछी ४२ रनको हार बेहर्यो | उसका लागि दिपेन्द्र बोहराले २६ बलमा ४१, बिपिन आचार्यले १७ बलमा १४ रन बनाएका थिए |

ब्ल्युबर्डका बिबेक राना र विश्व कार्किले समान १/१ विकेट लिएका थिए |

फाइनल खेलको प्लेयर अफ द म्याच र प्लेयर अफ द टुर्नामेन्ट ब्ल्युबर्डका बिबेक रानामगर, बेस्ट ब्याट्सम्यान ओजस्वी कलेजका अभियान बस्नेत, बेस्ट बलर ओजस्वीकै आश्रय बस्नेत घोसित भएका थिए |

प्लेयर अफ द म्याचलाइ प्रीसियस ट्राभल एन्ड टुर्स प्राली पोखराको एयर टिकेट, इफ्लिक्सबाट १ बर्सको गिफ्ट भौचर, इपिएल टिम काठमाडौ किङ्ग्स ११ ले सिधै दोश्रो चरणमा प्रबेसको मौका दिएको छ |

बेस्ट बलर र ब्याट्सम्यानलाई वान वे पोखराको एयर टिकेट, १ बर्शे गिफ्ट ह्याम्पर, किङ्गस ११ को दोश्रो चरणमा वाइल्ड कार्ड इन्ट्री प्राप्त गरेका छन |