Cricket Himalaya
Cricket News From Top of The World

सन्दिप आवद्ध बार्बाडोसको तेश्रो प्रतिद्वन्द्वी जमैका

भाद्र २९, क्रिकेट हिमालय

७ औं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध बार्बाडोस ट्रेन्डेन्ट्सले आफ्नो तेश्रो खेल आज राती १०.४५ बजे जमैका तल्लावह बिरुद्ध खेल्नेछ |

पहिलो खेलमा सन्दिप आवद्ध बार्बाडोस गुयना बिरुद्ध ४७ रनले पराजित रहेको थियो भने दोश्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसलाई १८ रनले पराजित गरेको थियो |

पहिलो खेलमा मात्र १ ओभर गरेका सन्दिपले बिकेट लिन नसकेपनी मात्र ५ रन दिएका थिए भने दोश्रो खेलमा सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर प्रमुख ३ विकेट लिदै प्लेयर अफ द म्याच घोसित भएका थिए |

अन्कतालिका

सन्दिपको सिपिएलमा अघिल्लो सिजन

सन २०१६ बाट नेपाल यु१९, नेपाल राष्ट्रिय हुदै विभिन्न देशका विभिन्न लिग खेलिरहेका लामिछाने छैटौं संस्करणको हिरो क्यारेबियन प्रिमियर लिग (सिपिएल) पनि खेलेका थिए ।

अघिल्लो सिजन सेन्ट किट्स एन्ड नेभोईस प्याट्रोईट्समा ५ हजार अमेरिकी डलरमा आवद्ध भएका लामिछानेले जम्मा ५ खेल खेल्दै १७ ओभरमा १ ओभर मेडन गर्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए ।

क्यारेवियन प्रीमियर लिग (CPL)

टि२० फर्म्याटमा वेस्ट इन्डिजमा सन्चालन हुने सिपिएल ६ वटा टिमहरु रहेका छन |

१. बार्बाडोस ट्रीडेन्ट्स २. गुयाना अमाजोन वारियर्स ३. जमैका तल्लावह ४. सेन्ट किट्स एन्ड नेभिज प्याट्रीयट्स ५. सेन्ट लुसिया स्टार्स ६. ट्रीन्बागो नाइट राइडर्स