Cricket Himalaya
Cricket News From Top of The World

रेडरक सोमपाल कामी फोटो कन्टेस्ट बिजेता अनिस लुइँटेल घोसित

भाद्र २९, क्रिकेट हिमालय

क्रिकेट सामाग्री उत्पादन कम्पनी रेड रक र बिबि स्पोर्ट्सले आयोजना गरेको ‘सोमपाल कामी फोटो क्याप्सन कन्टेस्ट’ को बिजेता अनिस लुइटेल भएका छन |

नेपालि क्रिकेट समर्थक समाज (NCSS) को अफिसियल फेसबुक ग्रुप र ट्विटरमा उक्त कन्टेस्ट राखिएको थियो, करिब ४०० कन्टेस्टका कमेन्ट्सहरु मध्य उत्कृष्ट ३ जना फाइनल राउन्डमा पुगेका थिए |

फाइनल पुग्ने अनिस लुइटेल, सिर्जन दुलाल र सृजना सेनमा अनिस बिजेता घोसित हुँदै रास्ट्रीय क्रिकेट खेलाडी सोमपाल कामिको हातबाट रेडरकको ब्याट प्राप्त गर्न सफल भएका थिए भने अन्य दुइजनाले समेत गिफ्ट ह्याम्परको रुपमा सोमपालद्वारा हस्ताक्षरित सोभिनियर ब्याट प्राप्त गरेका थिए |

द यार्ड बाइ ओसिस गार्डेन होम्स सानेपामा सम्पन्न कार्यक्रममा रेड रक स्थित नेपाल प्रतिनिधि, रास्ट्रीय क्रिकेट खेलाडी सोमपाल कामी र कन्टेस्टमा सर्टलिस्टमा पर्न सफल फाइनलिस्टहरुको उपस्थिति रहेको थियो |