Cricket Himalaya
Cricket News From Top of The World

नेक्ससको ‘एकेडमी क्रिकेट लिग (ACL)’ को तयारी अन्तिम चरणमा

भाद्र २८, क्रिकेट हिमालय

सम्बिधान दिवसको अवसर पारेर नेक्सस क्रिकेट एकेडमी (NCA) को आयोजनामा असोज २-१५ सम्म मुलपानी क्रिकेट मैदानमा सन्चालन हुने यु१९ स्तरीय ‘एकेडमी क्रिकेट लिग (ACL)‘ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ |

प्रतियोगिता अन्तर्गत उपत्यका र बाहिरबाट गरि कुल १६ टिमहरुको सहभागीता रहने छ |

प्रतियोगितामा वेस्टर्न क्रिकेट एकेडमी बुटवल, बिराटनगर क्रिकेट एकेडमी मोरङ्ग, नेक्सस बि, पोखरा क्रिकेट एकेडमी कास्की, जय क्रिकेट एकेडमी कंचनपुर, ज्ञानज्योती क्रिकेट एकेडमी दाङ्ग, राइजिङ्ग पोखरा क्रिकेट एकेडमी कास्की, स्वतन्त्र युवा स्पोर्ट्स एकेडमी पर्सा, नेक्सस क्रिकेट एकेडमी, काठमाडौ क्रिकेट ट्रेनिङ्ग सेन्टर, ग्रेट हिमालयन क्रिकेट एकेडमी, एन्जल स्पोर्ट्स, हिमालयन क्रिकेट एकेडमी, रामरोसन क्रिकेट एकेडमी, नेपाल स्पोर्ट्स साइन्स, ओसिस क्रिकेट एकेडमी रहेका छन |

प्रतियोगिताको इन्सुरेन्स पार्टनरमा अजोड इन्सुरेन्स, मेडिकल पार्टनरमा एभरेस्ट अस्पताल रहेका छन |

प्रतियोगिताको प्रत्यक्ष प्रसारण टेलिभिजन तर्फ एजुकेसन टिभी र युट्युब तर्फ च्यानल अफ एनसिए नेपालमा हुनेछ |

प्रतियोगिता अन्तर्गतका खेलहरुमा म्यान अफ द म्याच हुने खेलाडीले फाउन्डेसन फर डेभलपमेन्ट म्यानेजमेन्टको तर्फबाट नगद रु १ हजार प्राप्त गर्नेछन |

प्रतियोगिताको उद्धघाटन असोज २ गते बिहान ८ बजे मुलपानी क्रिकेट मैदानमा रास्ट्रीय खेलकुद परिषदका सदस्यसचिब रमेस सिलवालबाट हुने जानकारी आयोजकले दिएको छ |