Cricket Himalaya
Cricket News From Top of The World

NCSS को प्रेस बिज्ञप्ती, निर्वाचन रोक्ने प्रयास भए कडा आन्दोलन हुने

भाद्र २६, क्रिकेट हिमालय

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन प्रक्रिया रोक्न खोजिएको भन्दै आम समर्थकहरुको प्रतिनिधि सन्स्था नेपाली क्रिकेट समर्थक समाजले प्रेस बिग्यप्ती निकालेको छ |

निलम्बन प्रक्रिया रोक्न कुनै पक्ष सम्लग्न रहेको पाइए कडा समर्थक आन्दोलन हुने जानकारी एन सि एस एस प्रबक्ता नारायण पराजुलीले प्रेस बिग्यप्ती मार्फत दिएका छन |

असोज ३ र ४ गतेका लागि तोकिएको क्यानको निर्वाचन नियमविपरीत भएको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले ‘स्वतन्त्र समिति’ लाइ रोक्न निर्देशन दिए लगत्तै एन सि एस एसले बिग्यप्ती निकालेको हो |

स्वतन्त्र समितिका अधिवक्ता राजेश्वर श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्ले पारित गरेको विधानअनुसार नै निर्वाचन गर्न लागिएको दाबी गरेका छन्।

राष्ट्रिय खेलकुद परिषद्‌बाट पारित भएको विधानअनुसार नै निर्वाचनका लागि ७ दिनअघि नै सार्वजनिक सूचना निकालेका हौं,’ श्रेष्ठले भने।

साथै, प्रकियामा राष्ट्रिय खेलकुद परिषद् पनि सँगसँगै रहेको उनको भनाइ छ।

क्यानको निष्पक्ष निर्वाचन गर्नका लागि स्वतन्त्र समिति गठन गरिएको हो। समितिमा राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट पनि प्रतिनिधि हुनु हुन्छ। त्यसैले यो प्रक्रियामा राष्ट्रिय खेलकुद परिषद्को पनि प्रत्यक्ष संलग्नता छ, ‘ श्रेष्ठको तर्क छ।

५ सदस्यीय स्वतन्त्र समितिमा आइसिसीको तर्फबाट अमर शेख, नितिश कोथारी र मोहमद अली, राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट एलबी क्षेत्री र निर्वाचित क्यानको तर्फबाट ठाकुरप्रताप थापा सदस्य छन्।

नेपाली क्रिकेट समर्थक समाजको बिग्यप्ती