Cricket Himalaya
Cricket News From Top of The World

यो बर्ष हुने क्रीकेट प्रतियोगिता

२५ भदौ, क्रीकेट हिमालय

 

राष्ट्रिय पुरुष
१ – सिंगापुर ट्री-नेसनल सिरिज
आगामी असोज १० गतेदेखि १६ गतेसम्म सिंगापुर क्रीकेट संघको आयोजनामा सिंगापुरमा नेपाल, सिंगापुर र जिम्बावे बिच टि-ट्वान्टी अन्तर्राष्ट्रिय ट्री-नेसनल सिरिज हुने छ। विशेष गरि अक्टोबरमा युएईमा हुने आइसिसी टि-ट्वान्टी विश्वकप छनोट खेल्ने सिंगापुरको तयारीको लागि यो प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताकोलागि जिम्बाबेले आफ्नो टिम लिस्ट सार्वजनिक गरिसकेको छ भने नेपाल र सिंगापुर तयारीमा छन्।

प्रतियोगितामा नेपालले असोज १० गते जिम्बाबे, ११ गते सिंगापुर, १४ गते जिम्बाबे र १५ गते सिंगापुरसंग खेल्नेछ। सबै खेल इन्डियन एसोसिएसन क्रीकेट मैदान सिंगापुरमा नेपाली समय अनुसार साझ ५:१५ बजेबाट सुरु हुनेछन्। सबै खेल टि-ट्वान्टी अन्तर्राष्ट्रिय हुन।

२ – ओमान पेन्टागुलर सिरिज
आगामी असोज १८ गतेदेखि २३ गतेसम्म ओमान क्रीकेट संघको आयोजनामा ओमानमा नेपाल, हङकङ, नेदरल्यान्डस्, ओमान र आयरल्यान्ड बिच टि-ट्वान्टी अन्तर्राष्ट्रिय पेन्टागुलर सिरिज हुने छ। विशेष गरि अक्टोबरमा युएईमा हुने आइसिसी टि-ट्वान्टी विश्वकप छनोट खेल्ने ओमानको तयारीको लागि यो प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताकोलागि नेदरल्यान्डसले आफ्नो टिम लिस्ट सार्वजनिक गरिसकेको छ भने अरु टिम तयारीमा छन्।

प्रतियोगितामा नेपालले असोज १९ गते हङकङ (दिउँसो १२:१५ बजे), २० गते नेदरल्यान्डस् (बिहान ७:१५ बजे), २२ गते आयरल्यान्ड (बिहान ७:१५ बजे) र २३ गते ओमान दिउँसो १२:१५ बजे) संग खेल्नेछ। सबै खेल अल इमिरेट क्रीकेट मैदान ओमानमा हुनेछन्। सबै खेल टि-ट्वान्टी अन्तर्राष्ट्रिय हुन।

३ – १३ औ दक्षिण एसियायी खेलकुद
१३ औ दक्षिण एसियायी खेलकुद आगामी मंसिर १५ गतेदेखि २३ गतेसम्म नेपालमा हुनेछ। दक्षिण एसियायी खेलकुदको १३ औं संस्करण भए पनि यसमा क्रीकेट समावेश भएको भने यो दोस्रो पटक हो यश अगाडि सन् २०१० मा क्रीकेट समावेश भएको थियो। त्यतिबेला ५ टिममात्र सहभागी भएका थिए।

अहिले टिमबारे अहिलेसम्म कुनै जानकारी आएको छैन सम्भवत टेस्ट रास्ट्रबाट यु२३ र अन्य रास्ट्रबाट सिनियर टिम गरी ८ टिम नै सहभागी हुनेछन्। प्रतियोगिताको लागि नेपालि ३५ सदस्यीय टिमले बन्द प्रशिक्षण गरिरहेको छ।

४ – नेपाल ट्री-नेसनल सिरिज
आइसिसी विश्वकप क्रीकेट लिग टु अन्तरगत नेपाल, ओमान र अमेरिका बिच आगामी माघ २२ गतेदेखि २९ गतेसम्म नेपालमा ट्री-नेसनल सिरिज हुनेछ। सिरिजमा नेपालले ओमान र अमेरिकासंग टियु मैदानमा २,२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ।

५ – एसिसि पुर्वी क्षेत्रिय क्रीकेट प्रतियोगिता
आगामी फागुन/चैतमा थाइल्यान्डमा एसिसि पुर्वी क्षेत्रिय क्रीकेट प्रतियोगिता हुनेछ। प्रतियोगितामा नेपाल सहित भुटान, मलेसिया, चाइना, म्यानमार, सिंगापुर, हङकङ र थाइल्यान्ड गरि ८ टिम सहभागी हुनेछन्। प्रतियोगिताबाट शिर्ष २ टिम एसिया कप छनोटमा प्रवेश गर्नेछन।

राष्ट्रिय महिला
१ – १३ औ दक्षिण एसियायी खेलकुद
१३ औ दक्षिण एसियायी खेलकुद आगामी मंसिर १५ गतेदेखि २३ गतेसम्म नेपालमा हुनेछ। दक्षिण एसियायी खेलकुदको १३ औं संस्करण भए पनि यसमा क्रीकेट समावेश भएको भने यो दोस्रो पटक हो यश अगाडि सन् २०१० मा क्रीकेट समावेश भएको थियो तर महिला क्रीकेट भने यो पहिलो पटक हो।

अहिले टिमबारे अहिलेसम्म कुनै जानकारी आएको छैन सम्भवत टेस्ट रास्ट्रबाट यु२३ र अन्य रास्ट्रबाट सिनियर टिम गरी ८ टिम नै सहभागी हुनेछन्। प्रतियोगिताको लागि नेपालि ३४ सदस्यीय टिमले बन्द प्रशिक्षण गरिरहेको छ।

उमेर समुह
* यो बर्ष उमेर समुहमा अब कुनै प्रतियोगिता छैनन्।

शारीरिक अशक्त
१ – अन्तर्राष्ट्रिय क्रीकेट सिरिज (नेपाल-भारत)
आगामी असोज ५,६ र ७ गते नेपाल र भारत बिच शारीरिक अशक्त खेलाडीको ३ खेलको ट-ट्वान्टी अन्तर्राष्ट्रिय क्रीकेट सिरिज हुने बताइएको छ। सिरिज नेपालमा हुने भनिएको छ। यश अगाडि असारको अन्तिम हप्ता हुने भनिएको सिरिज खराब मौसमको कारण सारिएको थियो।

२ – अन्तर्राष्ट्रिय व्हीलचियर च्याम्पियनसीप
आगामी पुस ४ गतेदेखि ७ गतेसम्म भारको उत्तराखण्डमा नेपाल, भारत, बाङ्लादेश र अफगानिस्तान बिच अन्तर्राष्ट्रिय व्हीलचियर च्याम्पियनसीप क्रीकेट प्रतियोगिता हुनेछ। प्रतियोगिताका सबै खेल ग्रान्डी पार्क क्रीकेट मैदानमा हुने बताइएको छ।

घरेलु प्रतियोगिता
१ – घरेलु प्रतियोगितामा महिला तर्फ NCL Women र WCL गरि २ टि-ट्वान्टी प्रतियोगिताको घोषणा भएको छ, प्रतियोगिताको अक्सन पनि सम्पन्न भइसकेको छ तर प्रतियोगिता निरन्तर पछि धकेलिएका छन्। सम्भवत दुबै प्रतियोगिता अब लगत्तै हुनेछन्।
२ – घरेलु प्रतियोगितामा पुरुष तर्फ PPL, EPL र MM Cup कप यो बर्ष हुनेछन्। EPL फागुनमा हुने घोषणा भएको छ सम्भवत PPL र MM Cup कपको पनि अब घोषणा हुनेछ।
३ – घरेलु प्रतियोगितामा स्थानीय, जिल्ला र प्रदेश स्तरीय प्रतियोगिता विभिन्न स्थानमा विभिन्न समयमा हुनेछन्।

विदेशी लिग
१ – विदेशी लिगमा नेपाली क्रीकेटर सन्दीप लामिछानेले यश अगाडि खेलिसकेका IPL, APL, BBL, BPL र PSL यहि बर्ष हुनेछन् भने CPL जारी छ। CPL सन्दीपले खेलिरहेका छन्, BBL मा पनि सन्दीपलाई पुरानै टिमले लिइ सकेको छ।