Cricket Himalaya
Cricket News From Top of The World

प्रतिस्ठा जोगाउने दाउमा नेपाल यु१९, युएइ बिरुद्ध भिडदै

क्रिकेट हिमालय, भदौ २४

श्रीलंकामा जारी एसिसी यु१९ एसिया कप अन्तर्गत नेपालले आफ्नो तेश्रो खेल आज युएइ बिरुद्ध खेल्दैछ |

प्रतियोगितामा लगातार दुई हारे बेहोर्दै बाहिरिएको नेपाल यु१९ तेश्रो खेलमा जित हात पार्दै प्रतिस्ठा जोगाउने दाउमा रहेको छ |

पहिलो खेलमा आयोजक श्रीलंकाले नेपाललाई ५ विकेटले पराजित गरेको छ थियो भने दोश्रो खेलमा सुधारिएको ब्याटिङ गरे पनि अर्को टेस्ट रास्ट्र बंगलादेशसंग अन्तिम ओभरमा ६ विकेटले पराजित भएको थियो |

अन्क तालिका

कुल ८ टिम सहभागी प्रतियोगिता अन्तर्गत नेपाल सहित श्रीलन्का, बङ्गलादेस र युएइ समूह बिमा रहेका छन |