Cricket Himalaya
Cricket News From Top of The World

राजु बस्नेत अध्यक्ष, प्रदेस न ३ प्रादेसिक क्रिकेट संघको निर्वाचन सम्पन्न

भाद्र २१, क्रिकेट हिमालय

राजु बस्नेतलाइ अध्यक्ष चयन गर्दै प्रदेस न ३ प्रादेसिक क्रिकेट संघको निर्वाचन मकवानपुर हेटौडा स्थित रिगल हेटौंडा रिसोर्ट्मा सम्पन्न भएको छ |

निर्वाचित समिती

अध्यक्ष : राजु बस्नेत, उपाध्यक्ष : प्रेम बहादुर छेत्री, सचिब : दुर्गाराज पाठक, कोसाध्यक्ष : अनिल अधिकारी

सदस्यहरु : महेश्वरी डङोल, प्रज्वल सापकोटा, सुदिप पिया, रुपक रन्जित, सुजन महर्जन, अजयबिर पान्डे, अनुजमान श्रेष्ठ, राजु गुप्ता, उमेस पिया

प्रदेस न ३ अन्तर्गत नेपाल क्रिकेट संघका काठमाडौ, भक्तपुर, ललितपुर, नुवाकोट, मकवानपुर र चितवन गरि कुल ६ जिल्लाहरु रहेका छन |

हरेक जिल्लाबाट आउने ४/४ प्रतिनिधिहरु सम्मिलित कुल २४ जना प्रतिनिधि प्रदेस न ३ प्रादेसिक निर्वाचनमा रहेका थिए, प्रदेस कमिटी निर्माण सङ्गै दुई जिल्ला बराबर एक अर्थात ६ जिल्लाबाट कुल ३ प्रतिनिधि केन्द्रिय प्रतिनिधिको रुपमा चयन भएका छन |

हरि रेग्मिको अध्यक्षतामा सुदुर पश्चिम, देबेन्द्र प्रजुको अध्यक्षतामा गन्डकी, मिङ्मा डन्डु सेर्पाको अध्यक्षतामा प्रदेस न १ र दुर्गा थापामगरको अध्यक्षतामा प्रदेस न ५/कर्णालीको प्रादेसिक क्रिकेट संघहरुको निर्वाचन सम्पन्न भै सकेको थियो |