Cricket Himalaya
Cricket News From Top of The World

यु१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित

क्रिकेट हिमालय, भदौ २० –
श्रीलंकामा जारी एसिसी यु१९ एसिया कप अन्तर्गत नेपाल र श्रीलंका बिच शुक्रबार भएको खेलमा नेपाल पराजित भएको छ। आयोजक श्रीलंकाले नेपाललाई ५ विकेटले पराजित गरेको छ। वर्षा बाट खेल प्रभावित हुदा खेल ४२ ओभरको मात्र खेलाइएको थियो।

 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षति व्यहोर्दै १५९ रनको योगफल तयार गरेको थियो। नेपालको लागि ओप्नर रित गौतमले ५४(८५) रनको अर्धशतकिय पारी खेलेका थिए। त्यस्तै कप्तान रोहित पौडेलले ४७(८०), रसिद खानले १५*(२२) र हरि चौहानले १२*(२३) रन जोड्दा अन्यले दोहोरो अंक छुन सकेनन्।

बलिङ तर्फ श्रीलंकाका दिल्शन मधुसूदन र नवोदपरनभिथानाले ३/३ विकेट लिदा रोहन संजय र असिन डेनिएलले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा आएको श्रीलंकाले ३३.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो। श्रीलंकाका लागि कमिल मिश्राले ५५(६२) रनको अर्धशतकिय पारी खेलेका थिए।

बलिङ तर्फ नेपालका रसिद खानले २ विकेट लिदा पवन सराफ, कमल सिंह ऐरि र सागर ढकालले १/१/१ विकेट लिए।

नेपालले दोश्रो खेल बंगलादेशसंग सेप्टेम्बर ८ मा तथा तेश्रो खेल युएईसंग सेप्टेम्बर १० मा खेल्नेछ।