Cricket Himalaya
Cricket News From Top of The World

नेपालले सिंगापुर र जिम्वावेसंग टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने

भदौ २०, क्रीकेट हिमालय

 

सिंगापुर क्रीकेट संघको आयोजनामा सिंगापुरमा नेपाल, सिंगापुर र जिम्बावे बिच टि-ट्वान्टी अन्तर्राष्ट्रिय ट्री-सिरिज हुने भएको छ।

सिरिज असोज १० गतेदेखि १६ गतेसम्म हुनेछ। प्रतियोगिता डवल राउन्ड रोबिन लिगको आधारमा हुनेछ। प्रतियोगितामा शिर्ष २ टिम बिच फाइनल खेल समेत हुनेछ।

लिग चरणमा नेपालले सिंगापुरसंग २ र जिम्बावेसंग २ गरि ४ खेल खेल्नेछ, त्यसपछि टप २ मा परेमा फाइनल खेल्नेछ। यो प्रतियोगिता खेलेर नेपाल असोज १८ देखि २३ सम्म ओमानमा हङकङ, आयरल्यान्ड, नेदरल्यान्डस्, ओमान र नेपाल सहभागी हुने पाँच देशिय प्रतियोगिता खेल्न ओमान जानेछ।

ओमानमा नेपालले असोज १९ गते हङकङ, २० गते नेदरल्यान्डस्, २२ गते आयरल्यान्ड र २३ गते ओमानसंग खेल्नेछ। यसपछी नेपालले आफ्नै घरेलु मैदानमा मंसिरमा दक्षिण एसियायी खेलकुद खेल्नेछ, त्यस लगत्तै माघको अन्तिममा नेपालमै अमेरिका र ओमानसंग सिरिज खेल्नेछ।

अहिले नेपाली टिम बन्द प्रशिक्षणमा छ। बन्द प्रशिक्षणमा ३५ खेलाडीलाई बोलाइएको छ।