Cricket Himalaya
Cricket News From Top of The World

राइजिङ्ग युवा क्लब, गढवा दाङ्गको आयोजनामा ‘खुल्ला टि२० क्रिकेट’ सुरु

भाद्र १८, क्रिकेट हिमालय

राइजिङ्ग युवा क्लब, गढवा दाङ्गको आयोजनामा खुल्ला टि२० क्रिकेट आजबाट सुरु भएको छ |

प्रतियोगिताको उदघाटन गर्दै गढवा गाउपालिकाका अध्यक्ष सहजराम यादबले खेल मानव स्वास्थ्य सङ्गै समृद्धिको मानक समेत रहेको जनाएका छन |

गढवा, दाङ्ग छेत्रमा सर्बाधिक राशिको भनिएको क्रिकेट प्रतियोगिताको बिजेताले नगद रु ५१ हजार, दोश्रो हुनेले नगद रु २५ हजार ५ सय सङ्गै सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ |

प्रतियोगिताको म्यान अफ द सिरिजले ३ हजार ५ सय, बेस्ट बलर, फिल्डर र ब्याट्सम्यानले प्रमाणपत्र, कप प्राप्त गर्नेछन |