Cricket Himalaya
Cricket News From Top of The World

यु१९ एसिया कप श्रीलंकामा भोलिदेखि, प्रतियोगिताको ट्रफि सार्वजनिक

१८ भदौ, क्रीकेट हिमालय

श्रीलंकामा सेप्टेम्बर ५ (भोलि) देखि सेप्टेम्बर १४ सम्म हुने एसिसी यु-१९ एसिया कप क्रीकेट प्रतियोगिताको ट्रफि सार्वजनिक भएको छ। नेपाल सहित युएई, कुवेत, अफगानिस्तान, श्रीलंका, बाङ्लादेश, पाकिस्तान र भारत गरि ८ टिम सहभागी हुने प्रतियोगितामा २ समुह छुट्याइएको छ।

प्रतियोगितामा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत समुह ‘ए’ मा छन् भने नेपाल सहित श्रीलंका, युएई र बाङ्लादेश समुह ‘बि’ मा छन्।

प्रतियोगितामा नेपालले सेप्टेम्बर ६ मा श्रीलंकासंग, ८ मा बाङ्लादेश र १० मा युएईसंग खेल्नेछ। सेप्टेम्बर १२ मा सेमिफाइनल खेल हुने प्रतियोगितामा १४ सेप्टेम्बरमा फाइनल खेल हुनेछ।

खेल तालिका

टिम लिस्ट

प्रतियोगिता अगाडि नेपालले श्रीलंकामै खेलेका ३ अभ्यास खेल मध्ये १ खेलमा विजयी र २ खेलमा पराजित भएको थियो।

अफगानिस्तान, श्रीलंका, बाङ्लादेश, पाकिस्तान र भारतले टेस्ट मान्यता प्राप्त राष्ट्रको रूपमा प्रतियोगितामा सिधै स्थान बनाएका थिए भने युएई र कुवेतले एसियायी पश्चिमी क्षेत्र छनोटबाट स्थान बनाउदा नेपालले एसियायी पुर्वीय क्षेत्र छनोटबाट स्थान बनाएको थियो।

यस अगाडि नेपालले सन २०१२, २०१३/१४, २०१६, २०१७ र २०१८ गरि ५ पटक यु१९ एसिया कप खेलको छ, जसमा अरु बेला समुह चरणबाटै बाहिरिएको नेपाल सन् २०१७ मा सेमिफाइनलमा पुगेको थियो।