Cricket Himalaya
Cricket News From Top of The World

पुतलीबजार अन्तरस्कुल छात्रा क्रिकेट : उपाधी बिजेता एभरग्रीन

भाद्र १७, क्रिकेट हिमालय

पुतलीबजार नगरपालिका वार्ड न १ स्पोर्ट्स डेभलपमेन्ट कमिटी द्वारा आयोजित ‘पुतलिबजार अन्तर बिद्ध्यालय छात्रा सुपर सिक्स मेयर रन्निङ्ग सिल्ड क्रिकेट प्रतियोगिता’ को उपाधी एभरग्रीनले जितेको छ |

आज सम्पन्न फाइनल खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको एभरग्रीनले ६ ओभरमा ५ विकेट गुमाउदै ५६ रन बनाएको थियो | सिमाना केसिले १९ बलमा २७ रन बनाएकी थियिन |

रोशनिको लागि जोश्निका मरासिनिले २ ओभरमा १५ रन दिएर १ विकेट लिएकी थियिन |

लक्ष पछ्याएको रोशनीले ६ ओभरमा २ विकेट गुमाउदै ३२ रनमा समेटिएपछी २४ रनले पराजित रह्यो | सन्जनाले १२ बलमा ८ रन बनाएकी थियिन |

एभरग्रीनका अन्जलिले २ ओभरमा १० रन दिएर १ विकेट लिएकी थियिन |

प्रतियोगिताको प्लेयर अफ द म्याच सिमाना केसि, बेस्ट ब्याट्सम्यान एभरग्रीनकी पुर्णता ठकुरी, बेस्ट बलर एभरग्रीनकी अन्जली मगर, म्यासिभ सिक्स हिटर रोशनिकी जोश्मिका मरासिनी, बेस्ट फिल्डर त्रिभुवन आदर्शकी सुकु माया गुरुङ्ग, इमर्जिङ्ग प्लेयर रोशनिकी जोश्निका मरासिनी, मस्ट भ्यालुएबल प्लेयर एभरग्रीनकि सिमाना केसि घोसित भएकी थियिन |