Cricket Himalaya
Cricket News From Top of The World

NIC Asia SAIM कलेज क्रिकेट : ब्रहास्मी ए र बि, व्हाइटहाउस बिजयी

भाद्र १७, क्रिकेट हिमालय
साइम (SAIM) कलेजको आयोजनामा आज देखि भेलोसिटी एरिनामा सुरु भएको कलेज स्तरिय ‘एनआइसी एसिया साइम इन्डोर क्रिकेट च्याम्पियनसिप’ अन्तर्गत ब्रहास्मी एकेडमी ए र बि, व्हाइटहाउस कलेज बिजयी भएका छन |

पहिलो खेल : ब्रहास्मी एकेडमी (बि) र ग्लेसियर

सुरुमा ब्याटिङ गरेको ब्रहास्मिले १० ओभरमा ६ विकेट गुमाउँदै १२० रन वनाएको थियो | प्रमोद पौडेलले २० बलमा ३५ रन बनाएका थिए |

ग्लेसियरका लागि कौसल र सृजलले समान १/१ विकेट लिएका थिए |

लक्ष पछ्याएको ग्लेसियर १० ओभरमा ७ विकेट गुमाउदै ७५ रनमा समेटिएपछी ४५ रनले पराजित रह्यो | कौसलले १७ बलमा १९, सृजनाले १८ बलमा १२ रन बनाएका थिए |

ब्रहास्मिका लागि हिमालले २ र सुमितले १ विकेट लिएका थिए |

दोश्रो खेल : नोवेल कलेज र हिमालय व्हाइटहाउस

सुरुमा ब्याटिङ गरेको व्हाइटहाउसले १० ओभरमा ४ विकेट गुमाउदै १२६ रन बनाएको थियो | अमित कुमार महतोले २८ बलमा ४८ रन प्रहार गरेका थिए |

नोबेलका लागि सम्भवले १ विकेट लिएका थिए |

विशाल लक्ष पछ्याएको नोबेल ७.२ ओभरमा ७ विकेट गुमाउदै ६१ रनमा सिमित भएपछी ६५ रनले पराजित रह्यो |

व्हाइटहाउसका लागि सुमितले २ विकेट लिएका थिए |

तेश्रो खेल : ब्रहास्मी एकेडमी (ए) र जनप्रेमी

ब्रहास्मिले सुरुमा ब्याटिङ गर्दै १० ओभरमा १ विकेट गुमाएर १३० रनको विशाल स्कोर बनाएको थियो | हिमान्शु साहिले २५ बलमा ५४ रन, बिपिनले २५ बलमा ४१ रन बनाएका थिए |

जनप्रेमिले १० ओभरमा ६ विकेट गुमााएर ६९ रन मात्र बनाएपछि ६१ रनले पराजित रह्यो |