Cricket Himalaya
Cricket News From Top of The World

कास्की जिल्ला क्रिकेट संघको अन्तर्कृया कार्यक्रम, अध्यक्षको १५ बुदे कार्यपत्र

भाद्र १६, क्रिकेट हिमालय

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा ‘संघको भावी कार्यक्रम र सरोकारवालाहरुको भुमिका’ बिशयक अन्तर्क्रीया कार्यक्रम सम्पन्न भएको छ |

अन्तर्क्रीया कार्यक्रम सङ्गै संघको स्थापना को २५ बर्ष पुगेको अबसर परेर स्मारिका प्रकासन, साग महिला क्रीकेटको तयारी, क्लब स्तरिय टि२० को तयारी, सेन्टर क्रीकेट एकेडेमि स्थापनाको तयारी, खेलाडी हरुको बर्तमान समस्या बारेमा जानकारी एबम चर्चा गरियो।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजय कान्त सिग्देलले प्रस्तुत गरेको कार्यपत्र

संघका समादरणीय अग्रज ज्यूहरु तथा कार्यसमितिका सहकर्मी साथीहरु,

प्रथमत आज यस वैठकमा कास्की जिल्ला क्रिकेट संघको अध्यक्षको हैशियतले संघले आगामी दिनहरुमा सञ्चालन गर्नुपर्ने गतिविधीहरु समेटेर दोश्रो पल्ट कार्यपत्र प्रस्तुत गर्न पाउदा आफुलाई गौरवान्वित भएको महसुस गरेको छु । यसलाई पुरा गर्न विगतमा झै यहाँहरुको सकृयता र सहयोगको आशा गरेको छु ।

नेपालको वर्तमान क्रिकेटमा देखिएको गतिरोध अन्त्य गर्न नेपाल क्रिकेट संघको संसोधित विधान २०७४ अनुसार पुनः अधिवेशन गरी प्रजातान्त्रिक परिपाटी मार्फत मलाई नेत्रित्व हस्तान्तरण गर्ने संघका निवर्तमान अध्यक्ष लगाएत कार्यसमिती तथा सम्पूर्ण साधारण सदस्यहरु प्रती पुन स्मरण गर्दै धन्यवाद व्यक्त गर्दछु ।

२०५१ सालमा यस संघको स्थापना गरी समग्र क्रिकेटको विकासमा होमिनु भएका हाम्रा अग्रजहरु प्रति सादुवाद ब्यक्त गर्दै २५ बर्षे गरिमामय ईतिहास वोकेको यस संघलाई विभिन्न चरणमा उकाली ओराली, आरोह अवरोह पार गर्दै आज सम्म आउदा संघले समग्र राष्ट्र मै बनाएको आनै मौलिक परिचय निर्माणकालागि गर्विलो साथ दिने संस्थापक अध्यक्ष डा. विरेन्द्र सिंह गुरुङ्ग, अग्रज एबं सहयोद्धा मित्रहरुलाई कृतज्ञता प्रकट गर्न चाहन्छु ।

गणतान्त्रिक नेपालको पहिलो आम चुनाव पछी संक्रमणकालको अन्त भएको छ । देश विकाश र समृद्धिको अभियानमा अघि बढ्छ यसैको गतीमा खेलकुदले आनो काया पलट गर्छ भन्ने विश्वासका साथ तिनै तहका सरकारबाट देखिएको उत्साहले थप उर्जा दिएको छ । हाम्रै जिल्लाका निर्वाचित जनप्रतिनिधी विभागिय मन्त्रीको रुपमा पाउनु । खेल बुझेको मुख्यमन्त्री, खेल र खेलाडी बुझेको प्रदेश सरकार, खेलकुदलाई माया गरी प्राथमिकतामा राख्ने माहानगर प्रमुखका कारण हाम्रा अभिवाबक भेटिएको महसुस गरेका छौं । यसै अनुरुप संघिय सरकार र प्रदेश सरकारले पोखरा रंगशाला स्थित क्रिकेट मैदानको स्तरोन्नतीका लागि छुट्ट्याउनु भएको रकमले हामीलाई टोनिकको काम गरेको छ । उक्त मैदानका कारण पोखरा अन्तराष्ट्रिय गन्तब्यको रुपमा हामीले देखेका सपना फेरी पुरा हुनेमा विश्वस्थ हुन सकेका छौं । यही विश्वासलाई रत्तीभर पनि डगमगाउन नदिई नेपाली क्रिकेटका विभिन्न खाले विवादबाट थलिएका हामीलाई सरकार प्रमुखहरुले अभिवाबकत्व ग्रहण गर्दै सारथी वनाउनुहुन्छ भन्नेमा उत्साहित छौ, दृढ भएका छौं ।

हालसालै राष्ट्रिय खेलकुद परिषद्मा क्रिकेट बुझेको सदस्य सचिवको आगमनले उत्साहका साथैे नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता र १३ औ दक्षिण एसियाली खेलकुद(साग) का केही खेलहरु पोखरामा सञ्चालन हुनेमा विश्वस्थ हुन सकेका छौ । यसले हामीलाई उर्जाशिल वनाएको मात्र छैन नेपाल आयोजक राष्ट्रको रुपमा पाराग्लाईडिङ्ग र क्रिकेटका रोज्नाले क्रिकेट तर्फ महिला प्रतिस्पर्धा पोखरामा गराउन सक्छयम भएकोले सम्वन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छु । गत वर्ष पोखरा प्रिमिएर लिग (पिपिएल) को सञ्चालन पछी पोखरा क्रिकेट मैदानले सारा विश्वको ध्यान खिच्न सफल भएको अवस्थामा साग महिला क्रिकेटको आयोजनाले यसलाई अन्तराष्ट्रिय गन्तव्यको रुपमा स्थापित गराउने छ ।

पछिल्लो एक दशक नेपाली क्रिकेटले धेरै आरोह अवरोह पार गर्दै अन्तराष्ट्रिय खेल जगतमा सफलता, असफलता, मौका, फेरी सफलता यस्तै उतार चढावको विच एक दिवसिय क्रिकेट र टि२० मा अन्तराष्ट्रिय मान्यता प्राप्त गर्यो । जसले धेरै प्रकारका सम्भावनाका ढोकाहरु खुलेका अनुभव गरायो । वंगलादेशमा २०१३ को टि२० वल्र्डकपमा नै सहभागी भएर २ बर्षलाई पाएको मान्यता खासै ठुलो लाभ बिना गुमाएका थियौं । यि सवै कुराहरुकोे पाठ लिदैं दुई वटै प्रारुपमा पाएको सफलताको फाईदा लिई एउटा ऐतिहासिक फड्को मार्नका लागि हामी सबैलाई प्रेरित गरी रहेको छ ।

नेपाली क्रिकेटले बिगतमा पाएको सफलतामा हाम्रो व्यबस्थापकिय कमी कमजोरी लगाएतका विभिन्न खाले विवाद बिच हामीले सोचे अनुरुप गति लिन सकेन । नेपाली क्रिकेटले हाल अन्तराष्ट्रिय नेपाली क्रिकेटमा पाएको सफलताले सवै बिबादबाट उठ्न सवै सरोकार वालाहरुमा प्रेरणा जागेको छ । सबैखाले विवादहरु अन्त्यकालागि अन्तराष्ट्रिय क्रिकेट परिषद् क्ष्ऋऋ सकारात्मक हुदैं गर्दा हामीहरुलाई पनि नेपाली क्रिकेटको बिकासका स्वार्थमा अआना हतियारहरु बिसाई यसको उन्नयनमा लाग्न दवाव वढेको छ । यी सवै दवाबहरुलाई आत्मसाथ गर्दै अघि बढ्न हामी एउटा जिल्ला स्तरिय संघको रुपमा आनो प्रयासमा सधै लागेका थियौं र छौं । आफ्नो ठाउँबाट विवादको जरै सम्म पुगेर यसका सवै सरोकारवालाहरु लाई मिल्न सुझाउँदै समेत आईरहेका छौं । ICC बाट गठित स्वतन्त्र समितीले यस संघलाई मान्यता दिए संगै हामी हाम्रो भूमिकामा स्पष्ट संग लागेका छौ । अब आशाको किरणहरु देखिन थालेका छन्, मुलधारमा क्रिकेटलाई ल्याउनु पर्छ र त्यस पछि सफर गर्ने बाटाहरु तय गर्न अब रत्तिभर ढिलाई गर्नु हुदैन । ति बाटाहरु तय गर्दा नेपाली क्रिकेटले सामना गर्ने चुनौती चिर्नेे खालका तयारी आबश्यक छ । यसका लागि म परिवर्तनगामी हातहरु वढाई दिनुहुन सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछु ।

चौथो पोखरा स्पोर्टस अवार्ड २०७५बाट वर्ष उदयिमान खेलाडीको रुपमा पुरस्कृत यसै जिल्लाका अ१६ अन्तराष्ट्रिय क्रिकेट खेलाडी अर्जून कुमाललाई बधाई एवं उज्ज्वल भविश्यको कामना गर्दै पर्यटकिय नगरी पोखरा कस्तो वनाउने पोखरेलीहरुको हातमा छ त्यसैले यसलाई खेलको अन्तराष्ट्रिय सहरको रुपमा विकास गर्न तिनै तहमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधीहरु संग आग्रह गर्दै आगामी बर्षका लागि लक्ष्यित गर्दै कार्य योजनाहरु संक्षिप्त रुपमा प्रस्तुतिको लागि अनुमती चाहान्छु ।

१) खेल मैदान ः

यस संघको रंगशाला स्थित खेल मैदान स्तरोउन्नतीको प्रयास गरिने छ साथै यसको डि पि आर पूर्ण भै सकेकाले संघिय सरकार र गण्डकी प्रदेश सरकारले छुट्टायको रकमबाट मास्टर प्लानमा प्राथमिकता अनुसार संरचना निर्माण गरीदै लगिने छ । स्थानिय सरकारको सहयोगमा वैकल्पिक मैदानको खोजी जारी राखिने छ । साविक लेखनाथ ८ हाल पोखरा ३३ पशुपती घाटमा अन्तराष्ट्रिय स्तरको मैदान निर्माण गर्न संम्बधित निकायमा रकम निकाशाकालागि अनुरोध गरिने छ । संघको मैदान सञ्चालन कार्यविधी समयानुकुल परिमार्जित गरिने छ ।

२) क्रिकेट एकेडेमी ः

क्रिकेट एकेडेमी सञ्चालनका लागि सरोकारवालाहरुबाट प्राप्त राय सुझावका आधारमा संचालन कार्यबिधी तयार गरी सो अनुसार यसै वर्ष कार्यान्यन गर्न तर्फ लाग्ने छौं ।

३) विद्यालय स्तरिय छात्र तथा छात्रा क्रिकेट प्रतियोगिता ः

विगतका वर्षहरुमा झै विद्यालय स्तरिय छात्र तथा छात्रा क्रिकेट प्रतियोगिता लाई सञ्चालन गरिने छ । गत वर्ष छात्र तर्फ सहभागि १२ टोलीलाई वडाउन र छात्रा तर्फ न्यूनतम ४ टोली सहभागी गराईने लक्ष्य राखेका छौं । आवश्यकता अनुसार विभिन्न विद्यालयहरुमा १ हप्ते प्रशिक्षण शिविर सञ्चालन गरिने छ ।

४) जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता ः

विगतका वर्षहरुमा झै जिल्ला स्तरिय क्रिकेट प्रतियोगितालाई निरन्तरता दिईने छ । जिल्लामा आवद्ध क्लवहरुको सहभागितामा एकदिवसिय र टि २० दुबै स्वरुपमा जिल्ला लिग सञ्चालन गरिने छ । जिल्लाको क्रिकेट विकासको लागि स्थानिय क्रिकेट क्लवहरुको सकृयता महत्वका साथ प्रतियोगिताहरु आयोजना गर्न प्रोत्साहित गर्दै एउटा अभिवाभकको भूमिकामा उनीहरुलाई पे्ररित गर्दै लगिने छ । साथै यसै वर्षबाट होलिडे लिग सञ्चालनको लागि प्रयास गरिने छ।

५) अम्पायर तथा स्कोरर तालिम ः

प्रदेश क्रिकेटले नेत्रित्व चयन गर्दै छ । यसको प्रकृया पुगे लगतै प्रदेश क्रिकेटको सहकार्यमा अम्पायर तथा स्कोरर तालिम सञ्चालनको लक्ष्य राखेको छु ।

६) आगन्तुक टोली विच सम्पन्न हुने खेल गत वर्ष झै सञ्चालन गरिने छ । उनिहरुसंग लिने दस्तुरका साथै प्राविधिकहरुको पारिश्रमिक परिमार्जित गरिने छ ।

७) वन्द प्रशिक्षण ः
उमेर समुह, टि­२० तथा एकदिवसिय सिनियर क्षेत्रिय तथा राष्ट्रिय प्रतियोगिताको तयारीका लागि प्रतियोगिता अघि १ हप्ते वन्द प्रशिक्षण शिविर सञ्चालन गरिने छ ।

८) मनोरञ्जनात्मक क्रिकेटः
व्यवसाहिक संगठनहरुलाई खेल प्रति आकर्षण गर्नका लागि उनिहरुलाई नै सहभागी गराई खेल मनोरञ्जनको लागि व्यवसाहिक संगठनहरुको सहभागीतामा सुपर सिक्स क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम राखेका छौ । साथसाथै सुचनाको यस युगमा क्रिकेट विकासको कार्यक्रममा मिडियाको पनि सकारात्मक सहयोगको खाँचो पर्नेछ । यसर्थ विगतमा झै उनीहरु विच नजिकको सम्वन्ध वनाई राख्न खेलकुद पत्रकार मञ्चसंग बार्षिक एक मैत्रिपर्ण क्रिकेटलाई निरंतरता दिईने छ ।

९) नेपाल क्रिकेट संघ मुलधारमा आउदै गर्दा यसमा बार्षिक कार्यक्रमहरु अन्र्तगत जिल्लाले सम्पन्न गर्नुपर्ने सम्पूर्ण कार्यक्रमहरु सञ्चालन गरिने छ । साथै राष्ट्रिय कार्यक्रमहरु समेत सञ्चालन गर्न नेपाल क्रिकेट संघ अनुरोध गरिने छ ।

१०) पोखराका स्थानिय प्रतिष्ठित क्लव तथा सरकारी गैर सरकारी संस्थाहरुको सहयोगमा राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य लिएको छु ।

११) आर्थिकः संघको आर्थिक अवस्था मजवुत गर्न हाम्रो नियमित कार्यक्रमहरुमा विगतका प्रायोजकहरुलाई प्राथमिकतामा राखि स्थाई प्रयोजकहरुको खोजी गरीने छ ।
१२) संघलाई आवश्यक कर्मचारी, प्रशिक्षक, क्यूरेटरका लागि रा.खे.प. संग माग गरिने छ । तत्कालका लागि कार्यक्रम अनुसार करारमा नियुक्त गरी मैदानको आय श्रोतबाट तलव दिने व्यबस्था गरिने छ ।
१३) संघको कार्यलय ः यस संघको कार्यलय रंगशाला स्थित खेल मैदानमा राख्ने ब्यवस्था गरी मैदानको रेखदेखको समेत प्रबन्ध गरिनेछ ।
१४) संघ स्थापनाको २५ औं वर्षमा प्रवेश गरेकाले राष्ट्रिय स्तरमा सिल्भर जुब्ली प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य लिएको छु । साथै उक्त अवसर पारेर संघलाई महत्वपूर्ण योगदान गर्नु भएका व्यक्तित्वहरुलाई सम्मान गरिनेछ ।
१५) नेपाल क्रिकेट संघको वर्तमान गतिरोध समाधानको लागि यस जिल्लाले सम्पूर्ण सरोकारवालाहरुको ध्यानाकर्षण गराई निकासका लागि पहल गर्ने छ ।
अन्तमा, यस संघलाई खुलेर सहयोग गर्नुहने अग्रज, सुभचिन्तक, संघिय सरकार, गण्डकी प्रदेश सरकार, पोखरा माहानगर पालिका, ओम डेभलपमेन्ट बैंक, नेप्लिज ईनकाउन्टर्स, पोखरा राईनोज, नेपाल पर्यटन वोर्ड, व्यापारिक प्रतिष्ठानहरु, प्रदेश तथा जिल्ला खेलकुद विकास समिति पोखरा, मिडिया तथा पत्रकार ज्यूहरु, क्रिकेट क्लवहरु, विद्यालय, कार्यसमितिका साथीहरु, प्रशिक्षक, अफिसियल तथा सम्पूर्ण खेलाडी भाईबहिनीहरु एवं प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहने सम आदरणिय माहनुभावहरुले अ­आनो तर्फबाट पुर्याउनु भएको अपार सहयोग र सद्भाव प्रती हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत यहाँहरुबाट यस्तै सहयोग, सहकार्य एवं हातेमालोको अपेक्षा गर्दै यो कार्यपत्र यही बिट मार्ने अनुमती चाहान्छु ।
धन्यबाद !!
मिती ः २०७६।०४।०३गते शुक्रवार
……………………
सञ्जय कान्त सिग्देल
(अध्यक्ष)