Cricket Himalaya
Cricket News From Top of The World

सिंगापुर भ्रमण : किशोर महतोले लिए २ खेलमा ५ विकेट

भदौ १६, क्रीकेट हिमालय

 

आइसिसी विश्वकप क्रीकेट छनोट अन्तरगतको च्यालेन्ज लिग र टि-२० विश्वकप छनोट खेल्नु अगाडि सिंगापुरमा सिंगापुर एघार र क्षेत्रीय एघार बिच अभ्यास खेल भएका छन्। उक्त खेलकोलाई नेपाल, सिंगापुर र मलेसियाका खेलाडी सम्मेलित क्षेत्रीय एघारमा नेपाली खेलाडी अमित श्रेष्ठ र किशोर महतो परेका थिए।

३१ अगस्टमा भएको पहिलो अभ्यास खेलमा सिंगापुर एघारले क्षेत्रीय एघारलाई ८० रनले पराजित गरेको छ। उक्त खेलमा ब्याटिङ तर्फ नेपाली खेलाडी अमित श्रेष्ठ १ बलमा ० रनमै आउट भएका थिए किशोर महतो पनि ६ बलमा ० रनमै आउट भए त्यस्तै बलिङ तर्फ किशोरले १० ओभरमा १ ओभर मेडन गरि ५१ रन खर्चिएर ३ विकेट लिए।

त्यस्तै १ सेप्टेम्बरमा भएको दोस्रो खेलमा सिंगापुर एघारले क्षेत्रीय एघारलाई ४० रनले पराजित गरेको छ। उक्त खेलमा ब्याटिङ तर्फ नेपाली खेलाडी अमित श्रेष्ठ ३ बलमा ० रनमै आउट भए त्यस्तै बलिङ तर्फ किशोरले १० ओभरमा १ ओभर मेडन गरि ५० रन खर्चिएर २ विकेट लिए।

आइसिसी विश्वकप क्रीकेट छनोट अन्तरगतको च्यालेन्ज लिग समूह ‘ए’ का खेल मलेसियामा १६ देखि २६ सेप्टेम्बर सम्म हुनेछन्। टि-२० विश्वकप छनोट अक्टोबर ११ देखि नोवेम्बर ३ सम्म युएईमा हुनेछ।