Cricket Himalaya
Cricket News From Top of The World

टिपिएल-३ को टेक्निकल प्रमुखमा अन्तर्राष्ट्रिय अम्पाएर सन्जय गुरुङ नियुक्त

क्रीकेट हिमालय, भदौ १५

असोज २५ बाट सुरु हुने तेस्रो सिजनको तिलोत्तमा प्रीमिएर लिग क्रीकेट प्रतियोगिताको लागि आयोजक तिलोत्तमा क्रीकेट बिकास समितिले टेक्निकल प्रमुख कमिटीमा अन्तर्राष्ट्रिय क्रीकेट अम्पाएर सन्जय गुरुङ् लाइ नियुक्त गरेको छ। हिजो अक्सन कार्यक्रम सुरु हुनु पुर्ब तिलोत्तमा क्रीकेट बिकास समितिका सिइओ दिपक भुर्तेल र अम्पाएर गुरुङ बिच पुर्ण रुपमा सहमति हुँदै नियुक्ति पत्र घोषणा भएको थियो ।

क्रीकेट एसोसिएन रुपन्देही सचिब तथा भर्खरै ७ गते भएको प्रद्रेश ५ र ६ प्रादेशिक क्रीकेट चुनाब अन्तर्गत सचीवमा सर्ब सम्मत बिजयी भएका गुरुङ नेपालमा हुने प्रतिष्ठित ब्याबसाहिक क्रीकेट लिगका पहिलो रोजाइका अम्पाएर हुन । अ्म्पाएर गुरुङ सङ राखेप बाट आयोजित प्रधानमन्त्री कप, राष्ट्रिय खेलकुद साथै अन्य ब्याबसहिक क्रीकेट लिगहरु एभरेस्ट प्रीमिएर लिग , धनगढी प्रीमिएर लिग , पोखरा प्रीमिएर लिग लगायात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता ठुलो अनुभव रहेको छ।