Cricket Himalaya
Cricket News From Top of The World

यु१९ एसिया कप तयारी : दोश्रो अभ्यास खेलमा नेपाल यु१९ बिजयी

भाद्र १२, क्रिकेट हिमालय

अन्डर१९ एसिया कपको तयारीको लागि श्रीलंकामा रहेको नेपालले दोश्रो अभ्यास खेलमा बदुरलिया क्रिकेट क्लबलाई ८० रनले पराजित गरेको छ |

नेपालले सुरुमा ब्याटिंग गर्दै ४६.४ ओभरमा सबै विकेट गुमाएर २०६ रन बनाएको थियो।

आसिफ शेख १४ रन, खडक बोहरा २ रन, रोहित पौडेल ३ रन, रित गौतम ७६ रन, हरि ५६ रन बनाएका थिए |

लक्ष्य पछ्याएको बदुरलियाले बर्षाले ३१ ओभरमा झारिएको खेलमा २३.१ ओभरमा अल आउट हुँदै ८४ रनमा समेटिएको थियो |

सागर ढकालले ५ विकेट लिए भने पवन सर्राफ र कमल ऐरीले समान २/२ विकेट लिएका थिए भने कुशल मल्लले १ विकेट लिए।

पहिलो अभ्यास खेलमा नेपाल सिन्हालिज स्पोर्ट्स क्लब यु२३ टिमसंग ३ विकेटले पराजित भएको थियो।

नेपालले तेश्रो अभ्यास खेल शुक्रबार चिलाउ मरियन्स क्लब बिरुद्ध खेल्नेछ।

यु-१९ एसिया कप अन्तर्गत नेपाल समुह ‘बि’ मा रहेको छ जहा आयोजक श्रीलंका सहित बंगलादेस र युएई रहेका छन्। यस्तै समुह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन्।

तस्बिर : रमन सिवाकोटी