Cricket Himalaya
Cricket News From Top of The World

सनिवार हुने टिपिएल अक्सनमा १० टिमको लागि २४० खेलाडी सहभागी ,अक्सन मूल्य कति ?

क्रीकेट हिमालय, रुपन्देही , भदौ१९

तिलोत्तमा क्रीकेट बिकास समिति को आयोजना असोज २५ बाट सुरु हुने तेस्रो सिजनको सर्वोत्तम सिमेन्ट तिलोत्तमा प्रीमिएर लिग (TPL-3)को अक्सन यहि आउदो सनिवार हुनेछ । यो सिजनको लिगमा १० टिमको लागि २४० जना खेलाडी अक्सनमा सहभागी हुनेछन। अक्सन कार्यक्रम होटेल लक्ष्मी प्राली नयामिलमा सनिवार १० बजे पछि सुरु हुनेछ। अक्सन मूल्य अन्तर्गत हरेक टिमका मार्की खेलाडी ले २० हजार पाउनेछन भने बाकी सबै खेलाडीको लागि ५ हजार देखि १५ हजार सम्म बोली लाग्नेछ। हरेक टिममा आवद्द राष्ट्रिय खेलाडीहरुको लागि क्लबले आपसी सहमति अनुरुप आवद्द गरेको छ ।

टिपिएल ३ को नया प्रावधान अनुरुप हरेक टिममा १ जना मार्की १ जना प्रदेस ५ को राष्ट्रिय र १ जना राष्ट्रिय खेलाडी आवद्द गर्न पाउने नियम अनुरुप सहभागी १० टिमका मार्की , प्रदेश ५ राष्ट्रिय , राष्ट्रिय खेलाडी अ्न्तर्गत रोयल शंकरनगरको लागि मार्की सौरभ खनाल ,प्रदेश ५ राष्ट्रिय रोहित पौडेल
र राष्ट्रिय सोमपाल कामी ।सियारी राइनोजको लागि मार्की सुनिल कुमारी सार्कि ,
प्रदेश ५ राष्ट्रिय लाल बहादुर अधिकारी र
राष्ट्रिय बिनोद भन्डारी। रुपन्देही पल्टनको लागि
मार्की कुसल भुर्तेल,प्रदेश ५ राष्ट्रिय बिक्रम भुसाल
र राष्ट्रिय दिपेन्द्र सिङ ऐरि । बुटवल युनाइटेड क्रीकेट क्ल को लागि मार्कि कुसल मल्ल ,
प्रदेश ५ राष्ट्रिय सुसान भारी र राष्ट्रिय भिम सार्की ।
सुपर ११ भैरहवाको लागि मार्की इक्लाह अहम्मद,प्रदेश ५ राष्ट्रिय अन्तिम थापा मगर
र राष्ट्रिय साहब आलम ।रेन्बो ज्ञानोदय गोल्ड्सको लागि मार्की जितेन्द्र सहानी
प्रदेश ५ राष्ट्रिय शंकर राना र राष्ट्रिय सुनिल धमला ।पाल्पाली लिजेन्डको लागि मार्की सुरेश गोदार र प्रदेश ५ राष्ट्रिय सुबेन्दु पान्डे।
मणिग्राम किङ्सको लागि मार्की कृष्ण भुसाल
प्रदेश ५ राष्ट्रिय कृष्ण कार्की र राष्ट्रिय मा अमर सिङ राउटेला रहेका छन भने बाकी २ टिम तिनाउ टाइटन्स र लुम्बिनी कासाइ ग्लाडिएटर्स आफ्नो खेलाडी घोषणा गरेका छैनन ।

प्रतियोगिताको पुरस्कार राशी तर्फ बिजेताले ४ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र , उपबिजेताले २ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ,साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्लयेर्स अफ दि सिरिजले २० नगद र सिल्ड , बेस्ट ब्यास्ट्म्यान र बलर समान १० हजार नगद र सिल्ड , इमर्जिङ प्लयेर्सले ५ हजार नगद र सिल्ड एस्तै प्रत्येक खेलको मुल्यवान खेलाडीले नगद १ हजार , प्रत्येक खेलमा हाल्फ सेन्चुरी हान्ने खेलाडीले नगद १ हजार , टिम फेयर प्ले अवार्ड ४० हजार तथा हरेक खेलको म्यान अफ दि म्याचले १५ सय प्राप्त गर्नेछन । प्रतियोगिता कुल अनुमानित खर्च २५ लाख हुने आयोजक ले जनाएको छ । तिलोत्तमा प्रिमियर लिगका सबै खेलहरु तिलोत्तमा -६ स्थित नवजीवन खेल मैदान १० नम्बरमा हुनेछन

पहिलो सिजनको तिलोत्तमा प्रिमियर लिगको बिजेताले २ लाख र उपबिजेताले १ लाख तथा दोस्रो सिजनको बिजेताले ३ लाख र उपबिजेताले १.५ लाख नगद प्राप्त गरेका थिए ।पहिलो सिजनको उपाधी SR NSCA टाइगर्सले तथा दोस्रो सिजनको उपाधी लुम्बिनी कसाई ग्लाडिएटर्सले जितेको थियो ।