Cricket Himalaya
Cricket News From Top of The World

पोखरामा सम्पन्न ‘एफ१५ क्रिकेट प्रतियोगिता’ को उपाधी बिजेता एमसिसिसि

भाद्र ११, क्रिकेट हिमालय

पोखरा स्थित पोखरा क्रिकेट स्टेडियम एवम नदिपुर स्थित युडिटिसि मैदानमा भाद्र ५ देखि सन्चालित एफ१५ क्रिकेट प्रतियोगिताको उपाधी मनकामना कम्पनी क्रिकेट क्लबले जितेको छ |

१५/१५ ओभरमा सन्चालन भएको खुल्ला क्रिकेट प्रतियोगितामा कुल १७ टिमहरु सहभागी रहेका थिए |

फाइनल खेलमा रक ११ स्याङ्जाले टस जितेर सुरुमा ब्याटिङ गर्दै १५ ओभरमा अल आउट हुँदै ८६ रन बनाएको थियो | विश्व गुरुङ्गले २० बलमा २६, बिरु गुरुङ्गले १५ बलमा १२ रन बनाएका थिए |

मनकामनाका लागि कादिर र मेराजले समान २/२ विकेट लिएका थिए |

लक्ष पछ्याएको मनकामना कम्पनी क्रिकेट क्लबले २ विकेट गुमाउदै ८७ रन बनाएपछी सहज ८ विकेटको जित हात परेको छ | सुसान्त सिंहले ४३ बलमा नटआउट ४२, सुबास पन्डितले ३४ बलमा ३७ रन बनाएका थिए |

रक ११ का विश्व गुरुङ्ग र बिरु गुरुङ्गले समान १/१ विकेट लिएका थिए |

बिजेता मनकामना कम्पनी क्रिकेट क्लबले नगद रु ७० हजार, उपबिजेतामा सिमित रक ११ ले नगद रु ३० हजार प्राप्त गरेका थिए |

प्रतियोगिता अन्तर्गत १०८ रन सहित ८ विकेट लिदै सुसान्त सिंह म्यान अफ द सिरिजको उपाधी जित्न सफल भएका छन |