Cricket Himalaya
Cricket News From Top of The World

पहिलो अभ्यास खेलमा सिन्हालिज स्पोर्ट्स क्लब विरुद्ध नेपालको हार

सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा आयोजना हुने अन्डर-१९ एसिया कप खेल्न श्रीलंका पुगेको नेपाली यु-१९ टिमले पहिलो अभ्यास खेलमा सिन्हालिज स्पोर्ट्स क्लबको यु२३ टिम ३ विकेटले विजयी भएको छ।  नेपाली समय अनुसार १०:१५ बजे कोलोम्बोको सिन्हालिज स्पोर्ट्स क्लबको मैदानमा हुने भनिएको खेल खराब मौसमको कारणले करिब १ घन्टा ठिलो सुरु भएकोले खेल ४२ ओभरमा छोट्याइएको थियो।

सिन्हालिज स्पोर्ट्स क्लब विरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाउदै २४० रन बनाएको थियो। २४१ रनको लक्ष्य पछ्याएको सिन्हालिज स्पोर्ट्स क्लबले ४२ ओभरमा ७ विकेट गुमाएर २४१ रन बनाउदै नेपाल विरुद्ध ३ विकेटको जित निकाल्यो।

सिन्हालिज स्पोर्ट्स क्लबको लागि ओपनर इशानले सर्वाधिक ६२ रनको योगदान दिए । नेपालका लागि पवन सरार्फले सर्वाधिक ३ विकेट, कमलसिंह ऐरीले २,सुर्य तामाङ र सागर ढकालको नाममा समान १ विकेट लिए।

नेपालका लागि विकेट कीपर आशिफ शेखले सर्वाधिक ८८ रनको महत्वपूर्ण योगदान दिए । आशिफ ४० ओभरको तेस्रो बलमा क्याच आउट हुन पुगेका थिए ।

पहिलो विकेटका लागि पवन सरार्फ र रित गौतमले १३ ओभरमा ५८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । १३ ओभरको पहिलो बलमा एलवी डब्लू आउट हुनुअघि सरार्फले ३० रन जोडे । १६ ओभरको पहिलो बलमा रित गौतम ३१ रनमा स्टम्पिङ आउट हुँदै पेभिलिएन फर्के ।

लोकेश बम १ र कप्तान रोहित कुमार पौडेल ८ रनमा आउट हुँदा धरमराएको नेपाली ब्याटिङलाई सन्दीप जोराले आशिफलाई राम्रो साथ दिदै ३३ रन जोडेपछि नेपालले बलियो योगफल तयार पार्न सफल भएको हो । कुशल मल्ल १० रनमा आउट भए । हरि बहादुर चौहान १८ र भिम सार्की १५ रनमा अविजित रहे ।

म्याच रिपोर्ट

 

शनिबार श्रीलंका प्रस्थान गरेको नेपाली टिमले कोलोम्बोमा आइतबार नेट र फिल्डिंग अभ्यास गर्यो भने सोमबार म्याच सिनारियो अभ्यास गर्यो। नेपाली टिमले बुधबार आराम गर्नेछ भने बिहिबार बदुरालिया क्रिकेट क्लबसंग दोश्रो अभ्यास खेल खेल्ने तालिका रहेको छ। यस्तै शुक्रबार टिमले चीला मरियन्स क्लबसंग तेश्रो तथा अन्तिम अभ्यया खेल खेल्नेछ।

यु१९ एसिया कप प्रतियोगितामा नेपाल समुह ‘बि’ मा रहेको छ जुन समुहमा आयोजक श्रीलंका सहित बंगलादेस र युएई रहेका छन्। यस्तै समुह ‘ए’ मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन्। दुवै समुहमा एक-अर्का बिरुद्ध एक-एक खेल खेलीसकेपछि उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

नेपालले सेप्टेम्बर ६ तारिखमा आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ। यस्तै सेप्टेम्बर ८ मा बंगलादेशसंग दोश्रो खेल तथा सेप्टेम्बर १० मा युएईसंग तेश्रो खेल खेल्नेछ। सेप्टेम्बर १२ मा सेमीफाइनल र सेप्टेम्बर १४ मा फाइनल खेलिनेछ।

सबै खेल खेल श्रीलंकाको स्थानीय समय ९:३० बजे अर्थात नेपालको समय ९:४५ बजे सुरु हुनेछन।

नेपाली टिम :- रोहित पौडेल ( कप्तान )  , रित गौतम , पवन सर्राफ, आसिफ शेख, सन्दिप जोरा, भिम शार्की, हरि बहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सुर्य तामांग, लोकेश बम , प्रतिस जिसी