Cricket Himalaya
Cricket News From Top of The World

नेपाली यु१९ टिमको पहिलो अभ्यास खेल भोलि

आगामी सेप्टेम्बर ५ देखि श्रीलंकामा एसिसि यू–१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टिमले भोली पहिलो अभ्यास खेल खेल्दैछ । श्रीलंकाको स्थानीय क्लव सिन्हाल्सी स्पोर्टस क्लवसँग नेपाली टिमले पहिलो अभ्यास खेल खेल्न लागेको हो ।

श्रीलंकाको मेइतल्याण्डमा एसएससीको मैदानमा नेपाली टिमले अभ्यास खेल खेल्नेछ । तीन वटा अभ्यास खेल र प्रशिक्षणका लागि श्रीलंका पुगेको नेपालसँग खेल्न लागेको एसएससी टिममा शिर्ष डिभिजनको क्रिकेट खेल्ने खेलाडी रहेका छन ।

घरेलु मैदानमा दुई साताको प्रशिक्षण पछि थप अभ्यासका लागि श्रीलंका पुगेको नेपाली युवा टिमले अरु दुई खेलमा पनि स्थानीय क्लवसँग नै खेल्नेछ । नेपाली टिमको कमजोरीलाई न्युनिकरण गर्न र श्रीलंकाको वाताबरणमा घुलमिल हुन नेपाली युवा टिम प्रतियोगिता भन्दा अगाडी नै श्रीलंका गएको हो ।

एसिया कपमा नेपालले पहिलो खेल श्रीलंका विरुद्ध सेप्टेम्बर ६ तारिखमा खेल्नेछ । यस्तै सेप्टेम्बर ८ तारिखमा नेपालले बंगलादेश संग खेल्ने छ । समुह बी मा रहेको नेपालले अन्तिम खेलमा सेप्टेम्बर १० तारीखमा युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

 

नेपाली यू–१९ टोली :
१. रोहितकुमार पौडेल (कप्तान)
२. पवन सर्राफ
३. कमलसिंह ऐरी
४. रित गौतम
५. हरिबहादुर चौहान
६. भिम सार्की
७. मोहमद आसिफ शेख
८. सन्दीप जोरा
९. कुशल मल्ल
१०. राशिद खान
११. सगर ढकाल
१२. खडक बहादुर बोहोरा
१३. सूर्य तामाङ
१४. लोकेश बम
१५. प्रतिस जिसी

व्यवस्थापक – राजु खड्का
प्रशिक्षक – विनोद दस
ब्याटिङ कन्सल्टेन्ट – अपूर्व देशाई
फिजियो – विक्रम न्यौपाने
ट्रेनर – सुबास पात्रो