Cricket Himalaya
Cricket News From Top of The World

मैत्रीपुर्ण महिला क्रिकेट सिरिज, आइसिएवाइ इलाम बिरुद्ध एमसिसी झापा बिजयी

भाद्र ९, क्रिकेट हिमालय

मैत्रीपुर्ण महिला क्रिकेट सिरिज खेल्न इलाम भ्रमणमा रहेको एमसिसि झापाले सिरिजमा लगातार जित हात पारेको छ | इलाम टुडिखेलमा जारी सिरिज अन्तर्गत सुरुवाती दुबै खेल आइसीएवाइ इलाम बिरुद्ध जित्दै एमसिसि झापाले २-० को अग्रता लिएको छ |

आज सम्पन्न दोश्रो खेलमा आइसिएवाइ इलामले सुरुमा ब्याटिङ गर्दै १० ओभरमा अल आउट हुँदै मात्र ३२ रन बनाएको थियो | सङ्गम तामाङ्गले उच्च ९ रन बनाएकी थियिन |

एमसिसि झापाका लागि निमा तामाङ्गले ३ ओभरमा १ मेडन सहित १२ रन दिएर ३ विकेट, लकिता राजबन्शिले २, ज्योती दनुवार र निसा साहले समान १/१ विकेट लिएका थिए |

झिनो लक्ष पछ्याएको एमसिसिले ८ ओभरमा ४ विकेट गुमाउदै ३६ रन बनाएपछी ६ विकेटको जित हात पार्यो | उसका लागि लकिता राजबन्शिले उच्च ८ रन बनाएकी थियिन |

आइसिएवाइकि सृजना तामाङ्गले ३ विकेट लिएकी थियिन |

सिरिजको पहिलो खेलमा समेत एमसिसि झापा बिजयी भएको थियो |