Cricket Himalaya
Cricket News From Top of The World

एक्सपर्ट बुटवलको समन्वयमा पारस खड्काद्वारा रुपन्देहीका क्रीकेट प्रतिभाहरुलाइ प्रशिक्षण

क्रीकेट हिमालय/भदौ ७, भैरहवा

एक्सपर्ट एजुकेसन एन्ड् भिसा सर्भिसेज बुटवलको समन्वयमा नेपालि राष्ट्रिय क्रीकेट टिमका कप्तान पारस खड्काले आज रुपन्देहीका क्रीकेट एकेडेमीमा खेलाडीलाई प्रशिक्षण दिएका छन |

आज रुपन्देहीको भैरहवा पडसरी स्थित अन्तर्राष्ट्रिय क्रीकेट खेलाडी शक्ति गौचनको स्टार क्रीकेट एकेडेमी र बुटवल देबिनगरमा अबस्थित वेस्टर्न क्रीकेट एकेडेमीमा कप्तान पारसले एकेडेमीको अबलोकन तथा खेलाडीलाई प्रशिक्षण दिएका हुन।

भैरहवा स्टार क्रीकेट एकेडेमीमा बिहान ११ बजेबाट सुरु भएको कार्यक्रममा विभिन्न स्कुल र क्रीकेट एकेडेमी, क्रीकेट प्रेमी लगायत ५०० भन्दा धेरैको उपस्थित रहेको थियो ।

रुपन्देहीमा क्रीकेटका प्रतिभाहरुलाइ प्रशिक्षण दिदा आफुलाइ निकै खुसी लागेको ब्यक्त गरेका पारसले भर्खरै क्रीकेट सिक्दै खेलाडीहरुलाइ शुभकामना समेत दिएका थिय ।

कार्यक्रमका सम्योजक तथा एक्सपर्ट एजुकेसन एन्ड् भिसा सर्भिज बुटवलका प्रमुख रोशन कंडेलले यस्ता किसिमका कार्यक्रमलाई आगामी दिनमा अझै बढी निरन्तरता दिने बताए ।

सहभागी सम्पुर्ण स्कुल, क्रीकेट एकेडेमी लगायतलाई एक्सपर्टले पारस खड्का द्वारा हस्ताक्षर गरिएको क्रीकेट ब्याट उपहार प्रदान गरेको थियो |

एक्सपर्टले नेपालका विभिन्न शहरहरुमा यस्ता कार्यक्रमहरु राखेको छ ।