Cricket Himalaya
Cricket News From Top of The World

दुर्गा थापालाइ अध्यक्षमा चयन गर्दै प्रदेश ५ र ६ को प्रादेशिक क्रीकेट संघ अधिबेशन सम्पन्न

भाद्र ७, भैरहवा , क्रिकेट हिमालय

दुर्गा बहादुर थापा मगर लाई अध्यक्ष चयन गर्दै प्रदेस न ५ र ६ को प्रदेस प्रादेसिक क्रिकेट संघको निर्वाचन सम्पन्न भएको छ | निर्वाचित कार्यसमितिअन्तर्गत अध्यक्षमा दुर्गा बहादुर थापा मगर उपाध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ , सचिबमा सन्जय गुरुङ , कोसाध्यक्ष राजेश श्रेष्ठ सदस्यहरुमा माया ज्ञवाली , कैलाश रोका मगर , बिनय राज भन्डारि ,श्रीधर केसि ,कृष्ण प्रसाद बस्याल,बिनय ज्ञवाली ,पदम राज श्रेष्ठ ,किशोर चन्द गौतम र सन्जय राज सिङ प्रदेस न ५ को विशेष साधारणसभा अन्तर्गत नेपाल क्रिकेट संघका बर्दिया, कपिलबस्तु, नवलपरासी, पाल्पा, रुपन्देही, दाङ्ग र बाके र कर्णाली प्रदेसको सुर्खेत गरि ८ जिल्लाका ३२ जना प्रतिनिधिहरु उपरोक्त साधारणसभामा सहभागीता रहेको थियो | प्रदेस कमिटी निर्माण सङ्गै दुई जिल्ला बराबर एक अर्थात ८ जिल्लाबाट कुल ४ प्रतिनिधि केन्द्रिय प्रतिनिधिको रुपमा चयन भएका छन | हरि रेग्मिको अध्यक्षतामा सुदुर पश्चिम, मिङ्गमा डन्डु सेर्पाको अध्यक्षतामा प्रदेस न १ र देबेन्द्र प्रजुको अध्यक्षतामा गन्डकी प्रादेसिक क्रिकेट संघको निर्वाचन सम्पन्न भै सकेको छ | प्रदेस न २ को प्रादेसिक निर्वाचन भाद्र १४ गते निर्धारित गरिएको छ |