Cricket Himalaya
Cricket News From Top of The World

यु१९ एसिया कप : भोलि श्रीलंका जाने नेपाली टिमले प्रतियोगिता अगाडि ३ अभ्यास खेल खेल्ने

श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ एसिया कपका लागि नेपाली युवा टिम भोली (शनिबार) श्रीलंका प्रस्थान गर्दैछ । प्रतियोगिता सुरु हुनभन्दा करिव १० दिन अगाडी श्रीलंका जान लागेको नेपाली युवा टिमले श्रीलंकामा अभ्यास खेल खेल्ने कार्यक्रम छ।

नेपालले एसिया कप अगाडी राम्रो म्यान एक्पोजर होस भनेर नेपाली टिमले एसीसीलाई अभ्यास खेलका लागि दुई वटा टिम पाकिस्तान र अफगानिस्तानसँग खेल्न अनुरोध गरेको थियो तर नेपालले गरेको सो आग्रहलाई एसीसीले अस्विकार गरेको छ । जसका कारण नेपाली टिमले श्रीलंकाको ए डिभिजन क्लवका टिमसँग तीन वटा अभ्यास खेल खेल्ने भएको छ ।

नेपाली टिमले प्रतियोगिता अगाडी बलियो टिमसँग खेल्न पाएमा आफ्नो कमजोरीहरु सुधार्ने मौका हुन्छ भन्ने अपेक्षाका साथ यो प्रस्ताव गरेको थियो तर एसीसीले नेपालले प्रस्ताव गरेको समयमा युएई बाहेक अरु कुनैपनि टिम नआइपुग्ने भएकाले नेपालले गरेको आग्रह अस्वीकार भएको हो।

नेपाल श्रीलंका हुने समयमा यूएई टिम हुने भएपनि आफ्नै समुहमा रहेको टिमसँग खेल्न उचित नलागेकाले नखेल्ने निर्णय नेपालले गरेको हो ।
श्रीलंकाको ए डिभिजन क्लवहरु पनि राम्रो हुने भएकाले त्यसबाट नै राम्रो अभ्यास गर्नुपर्ने बाध्यता नेपाली युवा टिमलाई भएको छ । सेप्टम्बेर ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा नेपाल समुह बी मा परेको छ ।

जसमा नेपालले सेप्टेम्बर ६ तारिखमा श्रीलंकासँग खेल्नेछ भने आठ तारिखमा बंगलादेश र १० तारिखमा युएईसँग खेल्नेछ । दुई समुहको शिर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन ।

पूरा खेल तालिका

नेपाली टोलि भोलि दिउँसो ३:४५ बजे श्रीलंका तर्फ प्रस्थान गर्नेछ। प्रतियोगिताको लागि रोहितको कप्तानिमा हिजो १५ सदस्यीय टिम घोषणा भएको थियो।

नेपाली यू–१९ टोली :
१. रोहितकुमार पौडेल (कप्तान)
२. पवन सर्राफ
३. कमलसिंह ऐरी
४. रित गौतम
५. हरिबहादुर चौहान
६. भिम सार्की
७. मोहमद आसिफ शेख
८. सन्दीप जोरा
९. कुशल मल्ल
१०. राशिद खान
११. सगर ढकाल
१२. खडक बहादुर बोहोरा
१३. सूर्य तामाङ
१४. लोकेश बम
१५. प्रतिस जिसी

व्यवस्थापक – राजु खड्का
प्रशिक्षक – विनोद दस
ब्याटिङ कन्सल्टेन्ट – अपूर्व देशाई
फिजियो – विक्रम न्यौपाने
ट्रेनर – सुबास पात्रो