Cricket Himalaya
Cricket News From Top of The World

यु१९ एसिया कप : समूह ‘बि’ रहेको नेपालको पहिलो खेल श्रीलंकासंग

४ भदौ, क्रीकेट हिमालय

श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ सम्म हुने एसिसी यु-१९ एसिया कप क्रीकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगितामा नेपाल सहित युएई, कुवेत, अफगानिस्तान, श्रीलंका, बाङ्लादेश, पाकिस्तान र भारत गरि ८ टिम सहभागी हुनेछन्।

प्रतियोगितामा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत समुह ‘ए’ मा छन् भने नेपाल सहित श्रीलंका, युएई र बाङ्लादेश समुह ‘बि’ मा छन्।

प्रतियोगितामा नेपालले सेप्टेम्बर ६ मा श्रीलंकासंग, ८ मा बाङ्लादेश र १० मा युएईसंग खेल्नेछ। सेप्टेम्बर १२ मा सेमिफाइनल खेल हुने प्रतियोगितामा १४ सेप्टेम्बरमा फाइनल खेल हुनेछ।

खेल तालिका

प्रतियोगिताको लागि भारत, पाकिस्तान र अफगानिस्तानले आफ्नो अन्तिम टोलि सार्वजनिक गर्दा अन्य टिम पनि तयारीमा छन्। नेपालले पनि अहिले बन्द प्रशिक्षण गरिरहेको छ, प्रतियोगिता अगाडि नेपालले श्रीलंकामै अभ्यास गर्ने निश्चित भएको छ।

अफगानिस्तान, श्रीलंका, बाङ्लादेश, पाकिस्तान र भारतले टेस्ट मान्यता प्राप्त राष्ट्रको रूपमा प्रतियोगितामा सिधै स्थान बनाएका थिए भने युएई र कुवेतले एसियायी पश्चिमी क्षेत्र छनोटबाट स्थान बनाउदा नेपालले एसियायी पुर्वीय क्षेत्र छनोटबाट स्थान बनाएको थियो।