Cricket Himalaya
Cricket News From Top of The World

तिलोत्तमा प्रीमिएर लिग(TPL-3)सहभागी क्रीकेट क्लबको नाम सार्बजैनिक,सबै खेलको लाइभ हुने

क्रीकेट हिमालय , रुपन्देही ,भदौ ३

तिलोत्तमा क्रीकेट बिकास समिति को आयोजना असोज २५ बाट सुरु हुने तेस्रो सिजनको सर्वोत्तम सिमेन्ट तिलोत्तमा प्रीमिएर लिग (TPL-3)मा सहभागी हुने क्रीकेट टिम र सोही टिमका टिम मालिकको नाम आज मनिग्राम पत्रकार सम्मेलन गरि आयोजक ले सर्बजनिक गरेको छ
बिगतका २ सिजनमा ८ क्रीकेट टिम सहभागी तिलोत्तमा प्रीमिएर लिगको यो पटकको सिजनमा भने १० क्रीकेट टिम सहभागी हुने भएका छन । तेस्रो सिजनको तिलोत्तमा प्रीमिएर लिगमा सहभागी हुने १० क्रीकेट टिम र टिम मालिक हरु
१)लुम्बिनी कसाइ ग्लाडिएटर्स साक्यन – लुम्बिनी कसाइ क्रीकेट क्लब
२) रोयल शंकरनगर -शंकरनगर क्रीकेट क्लब ३)मणिग्राम किङ्स – मदन भुसाल र अर्जुन महोत्रा ,
४)रुपन्देही पल्टन – हेमन्त श्रेष्ठ र सुर्य पान्डे
५)बुटवल युनाइटेड – सन्जय कार्की र बिजय अधिकारी
६)पाल्पाली लिजेन्ड – राजेश श्रेष्ठ र दिपक घिमिरे
७)सुपर ११ भैरहवा – माननीय इस्तियाक अहमद खान
८)तिनाउ टाइगर्स – भुपराज अधिकारी र खुसी भुर्तेल
९)सियारी राइनोज – केसब पान्डे
१०) ज्ञानोदय गोल्ड्स – ज्ञानोदय गोल्ड्स क्रीकेट क्लब
तिलोत्तमा पृमिएर लिगबुटवलको स्थानीय लुम्बिनी टेलिभिजन सबै खेलकोलाइभ हुने भएको छ ।
भदौ १४ गते हुने अक्सन कार्यक्रममा कुल २४० खेलाडीले भाग लिने भएका छन ।
साथै आयोजक टिपिएल ३ को सद्भभावना दुतमा रितु भन्डारी लाई नियुक्ती गरेको छ ।

प्रतियोगिताको पुरस्कार राशी तर्फ बिजेताले ४ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र , उपबिजेताले २ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ,साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्लयेर्स अफ दि सिरिजले २० नगद र सिल्ड , बेस्ट ब्यास्ट्म्यान र बलर समान १० हजार नगद र सिल्ड , इमर्जिङ प्लयेर्सले ५ हजार नगद र सिल्ड एस्तै प्रत्येक खेलको मुल्यवान खेलाडीले नगद १ हजार , प्रत्येक खेलमा हाल्फ सेन्चुरी हान्ने खेलाडीले नगद १ हजार , टिम फेयर प्ले अवार्ड ४० हजार तथा हरेक खेलको म्यान अफ दि म्याचले १५ सय प्राप्त गर्नेछन । प्रतियोगिता कुल अनुमानित खर्च २५ लाख हुने आयोजक ले जनाएको छ । तिलोत्तमा प्रिमियर लिगका सबै खेलहरु तिलोत्तमा -६ स्थित नवजीवन खेल मैदान १० नम्बरमा हुनेछन

पहिलो सिजनको तिलोत्तमा प्रिमियर लिगको बिजेताले २ लाख र उपबिजेताले १ लाख तथा दोस्रो सिजनको बिजेताले ३ लाख र उपबिजेताले १.५ लाख नगद प्राप्त गरेका थिए ।पहिलो सिजनको उपाधी SR NSCA टाइगर्सले तथा दोस्रो सिजनको उपाधी लुम्बिनी कसाई ग्लाडिएटर्सले जितेको थियो ।
आज सम्पन्न पत्रकार सम्मेलनका केही तस्बिर हरु