Cricket Himalaya
Cricket News From Top of The World

एनसिएल वोमेन्स टि२० क्रिकेट लिग : तयारी बढाउदै ‘भैरहवा क्विन्स’

भाद्र ३, क्रिकेट हिमालय

एन सि एल स्पोट्र्स प्रा लि द्वारा आगामी भाद्र १४-२१, २०७६ मा काठमाडौ स्थित टियु क्रिकेट मैदानमा ‘वोमन्स टि २० क्रिकेट लिग’ सन्चालन गर्ने फाइनल गरे लगत्तै आवद्ध फ्रेन्चाइज्ड टिमहरुले तयारिमा तिब्रता दिएका छन |

‘भैरहवा क्विन्स’ ले केही सिनियर खेलाडी रास्ट्रीय टिमको तयारी क्यामपमा रहेता पनि आन्तरिक तयारीले तिब्रता पाएको जनाएको छ |

टिम भैरहवा क्विन्स

रुबिना छेत्री (मार्की खेलाडी), सरस्वती कुमारी चौधरी, नितु भन्डारी, सोनु खडका, एलिसा केसि, इन्दु बर्मा, कविता जोसि, रश्मि शर्मा चौलागाईं, बिन्दु रावल, लक्ष्मी साउद, ममता थापा, सन्तोशी कुमारी चौधरी, शर्मिला रोकामगर, नबिना खडका

नेपाली महिला रास्ट्रीय टिमकी कप्तान रुबिना छेत्री भैरहवा क्विन्सको मार्की खेलाडी रहेकि छिन भने प्रशिक्षकको रुपमा पुर्ब रास्ट्रीय क्रिकेट खेलाडी ‘शक्ति प्रसाद गौचन’ लाई अनुबन्धित गरिएको छ !

त्यसैगरी भैरहवा क्विन्सको प्रमुख कार्यकारी अधिकृत (सियियो) मा उज्ज्वल अधिकारीलाई नियुक्त गरिएको छ भने म्यानेजिङ्ग डाइरेक्टरमा अनिल भन्डारी रहेका छन !

प्रतियोगिता अन्तर्गत ४ टोली विराटनगर रोअरिङ्ग लायोनेस (Biratnagar Roaring Lioness), भैरहवा क्विन्स (Bhairahawa Queens), धनगढी वन्डर वोमेन (Dhangadhi Wonder Women), काठमाडौ सुपर च्याम्पियन्स (Kathmandu Super Champions) को सहभागिता रहनेछ ।