Cricket Himalaya
Cricket News From Top of The World

पारस खड्काले रुपन्देहीका क्रीकेट प्रतिभाहरुलाइ प्रशिक्षण दिने

क्रीकेट हिमालय / श्रावण ३१

एक्सपर्ट एजुकेसन एन्ड् भिसा सर्भिज बुटवलको समन्वयमा नेपालि राष्ट्रिय क्रीकेट टिमका कप्तान पारस खड्काले रुपन्देही क्रीकेट प्रतिभा हरुलाइ प्रशिक्षण दिने भएका छन । भदौ ७ गते भैरहवा पडसरी स्थित अन्तर्राष्ट्रिय क्रीकेट खेलाडी शक्ति गौचनको स्टार क्रीकेट एकेडेमी उक्त कार्यक्रम सन्चालन हुनेछ । उक्त प्रशिक्षण कार्यक्रममा लगभग ५ सय स्कुल कलेज खेलाडीहरु समाबेश हुने साथै पारस खड्काले ब्याटिङ / बलिङ साथै क्रीकेटका केही टेक्निकल कुरा बारे प्रशिक्षण दिइमे बताइएको छ । प्रशिक्षण शुल्क निशुल्क रहेको उक्त कार्यक्रममा जुनसुकै स्कुल कलेज मा विद्यार्थीहरु सहभागी हुन पाउने एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज बुटवलका प्रमुख रोसन कंडेलले जानकारी दिनुभयो
कार्यक्रम १ दिनको हुनेछ । एक्सपर्टले नेपालका विभिन्न शहरहरुमा यस्ता कार्यक्रमहरु राखेको छ । भदौ ६ गते चितवनमा पनि छ । त्यस्तै पोखरा, झापाको वितामोर्ड, नेपालगञ्ज र काठमाडौंमा पनि प्रशिक्षण दिइने छ ।