Cricket Himalaya
Cricket News From Top of The World

अमित वीर पान्डे अध्यक्ष चयन, काठमाडौ जिल्ला क्रिकेट संघको निर्वाचन सम्पन्न

श्रावण २८, क्रिकेट हिमालय

अमित वीर पान्डेलाई अध्यक्ष चयन गर्दै काठमाडौ जिल्ला क्रिकेट संघको निर्वाचन आज सम्पन्न भएको छ |

नव निर्वाचित कार्यसमिति

अध्यक्ष : अमित वीर पान्डे
उपाध्यक्ष : बिजय कुमार शर्मा
सचिब : वसन्त राज सत्याल
कोसाध्यक्ष : युग बस्नेत
सदस्यहरु : हिमाल राज गिरि, मनिस ढुङ्गेल, अजय वीर पान्डे, रमन श्रेष्ठ, सामसङ्ग जङ्ग थापा, प्रफुल्ल बैद्ध्य, रितेस डङोल, महेश्वरी डङ्गोल, धिरेन्द्र श्रेष्ठ, बिनित ध्वज चन्द

काठमाडौको निर्वाचन सङ्गै नेपाल क्रिकेट संघ अन्तर्गतका ३९ जिल्लाहरुको निर्वाचन सम्पन्न भएको छ |

नेपाल क्रिकेट संघको बिधान २०५५ (सन्सोधन सहित) को धारा २२(३) बमोजिम गठन भएको ५ सदस्यिय ‘स्वतन्त्र टोलि’ ले बिधानको धारा २३(५) बमोजिम बिस्तृत अध्ययन गरि तयार गरेको प्रतिबेदनमा जिल्लाहरुको चार वर्गीकरण गरिएको थियो |

२० जिल्लाहरुलाइ सदर अर्थात पुरानै निर्वाचनलाई मान्यता दियिएको थियो भने ७ जिल्लाहरुलाइ पुन निर्वाचन गर्न पर्ने तर सदस्यता नया बाडन नपर्ने, तनहु सहित ६ जिल्लाहरुलाइ नया सदस्यता बितरण गर्दै पुन निर्वाचन गर्नपर्ने र ६ जिल्लाहरुलाइ अप्रयाप्त सन्ख्यामा सदस्यहरु भएतापनी एक मौका दिने निर्णय दिएको थियो |

स्वतन्त्र समितिले वर्गीकरण गरेका जिल्लाहरु

सदर जिल्लाहरुमा सर्लाही, बारा, धनुषा, सिराहा, रौतहट, सुनसरी, नवलपुर, कास्की, पाल्पा, परासी, कपिलवस्तु, बर्दिया, बाके, सुर्खेत, रुपन्देही, कंचनपुर, डडेलधुरा, बझाङ, अछाम, बैतडी रहेका थिए |

पुन निर्वाचन गर्नुपर्ने तर पुन सदस्यता बाडन नपर्ने जिल्लाहरुमा महोत्तरी, काठमाडौ, चितवन, मोरङ, कैलाली, सप्तरी, दाङ रहेका थिए |

त्यस्तै पुन निर्वाचन सहित सदस्यता नया समेत बाडन पर्ने जिल्लाहरुमा पर्सा, मकवानपुर, उदयपुर, तनहु, भक्तपुर, ललितपुर रहेका थिए |

अप्रयाप्त सदस्य भएका जिल्ला/सदस्यता खारेज भएता पनिएक मौका दिने निर्णय भएका जिल्लाहरुमा नुवाकोट, इलाम, झापा, स्याङ्जा, दार्चुला, डोटि रहेका थिए |