Cricket Himalaya
Cricket News From Top of The World

क्रीकेट नशा हो लागेपछि छुट्न गाह्रो हुन्छ : ऋषिकेश भट्टराई

साउन २८, क्रीकेट हिमालय

विश्वमा क्रीकेट खेलको सुरुवात निकै पहिले देखि भएको थियो। नेपालले पनि विगत २३ बर्ष देखि औपचारिक रूपमा क्रीकेट खेलिरहदा नेपालमा क्रीकेट समर्थकको सङ्ख्या पनि असीमित छ। विभिन्न रूपमा विभिन्न व्याक्ति/संघ लगायतको संलग्नतामा देशको कुना कुनामा क्रीकेटको आकर्षक बढिरहेको छ।

यसै सिलसिलामा पश्चिम नेपालको ५ न. प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीको क्रीकेटको अवस्था लगायत विविध विषयमा अर्घाखाँची क्रीकेट संघका अध्यक्ष ऋषिकेश भट्टराईसंग गरिएको कुराकानी

सर स्वागत छ।
धन्यवाद
आरामै हुनुहुन्छ, आजभोलि के गर्दै हुनुहुन्छ, अब लगत्तै कुनै प्रतियोगिता हुदै छ कि के छ ?
ठिकै छ, मौसमले र समयले साथ दिए सम्म खेलाडीको प्रशिक्षण भैरहेको छ, अब असोज/कात्तिक तिर तेस्रो सिजनको एपिएल र लगत्तै तेस्रो सिजनको एसिए कप गर्ने तयारी छ।

अर्घाखाँची जिल्लाको अहिलेको क्रीकेट स्थित के कस्तो छ ?
क्रमशः सुधारउन्मुख छ, खेलाडी तथा खेलपेर्मीहरुमा यस प्रतिको चासो बढीरहेको छ।

तपाईं क्रीकेट क्षेत्रमा कहिले देखि लाग्नुभएको हो, तपाईंले क्रीकेट बुझ्दै गर्दा जिल्लामा क्रीकेटको माहोल कस्तो थियो ?
याे खेलप्रति जति अहिले क्रेज छ नि यति नै क्रेज हाम्रो पालामा पनि थियाे, पहिले भन्दा अहिले संचार माध्यमले गर्दा केही सहज भएको छ। हजुरलाइ विश्वास नलाग्ला यहि टुडिखेल मैदानमा डिउज वलकाे ठुला ठुला प्रतियोगिताहरू २०६० सालबाट भएकाे थियो । तर विडम्बना जुन ठाउँमा डिउज वलले प्रतियोगिता हुन्थे अहिले टेनिस वल खेलाउन वाध्य छाै। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीकाे मुख्य अायाेजनमा पहिलाे Crown Prince Cricket Tournament २०६० साल वाट अर्घाखाँचीमा क्रीकेट प्रतियोगिताको अाधिकारिक शुरूवात भएको हाे। म एउटा खेलाडीको रूपमा याे क्षेत्रमा लागेकाे १४ वर्षको उमेरवाट हाे र अहिले पनि जारी छ ।

तपाईंलाई सुरुमा क्रीकेट क्षेत्रमा केही गर्छु भन्ने विचार कसरी आयो, अर्घाखाँचीमा क्रीकेटको सुरुवात कसरी गर्नुभयो ?
याे एउटा नशा हाे, लागे पछि छुट्न गार्‍हो ।अर्घाखाँचीमा २०६० सालवाट शुरू भएका जिल्ला स्तरीय क्रीकेट प्रतियोगिताहरू खेल्दै गर्दा मैले काठमाडौंकाे गंगबुमा दिपज्वति वाेडिङ स्कुलमा क्रीकेटकाे प्रशिक्षण दिने अवसर पाए। मैले मेराे पढाइ,पेशाकाे लागि काठमाडौंमा १४ वर्ष बिताए । बिदाको वेला घर अाउदा पहिले जस्ताे क्रीकेट प्रतियोगिताहरू नभएको देख्दा नराम्रो लाग्थ्यो ।कुनै बेला काठमाडौ छाडेर जिल्ला फर्कने माैका पाए भने जिल्लामा क्रीकेट विकासको लागि केही न केही गर्छु भन्ने साेच्थे। त्यस्तै त्यस्तै संयाेग मिल्न गयाे र जिल्ला फर्किए। नेपाली U-19 National Player Bikram Kumar Bhusal र म मिलेर जिल्लामा क्रीकेट काे क्रेजलाई जुनियर लेभल देखिनै अगाडि वढाँउ भनेर Arghakhanchi Cricket Academy काे शुरूवात गर्याै। त्यहीँबाट फेरि शुरूवात भएकाे हाम्रो यात्रा अहिले पनि जारि छ।

जिल्लामा काम गर्न कत्तिको गाह्रो छ, सरकारी तथा निजि क्षेत्रले क्रीकेटलाई कसरी हेरिरहेका छन्, साथ सहयोग कत्तिको छ ?
धेरै गार्‍हो छ। एक त क्रीकेट खेल यस्ताे पर्याे कि कसरी खेलिन्छ याे कस्ताे खेल हाे भन्ने बुझाउनै गार्‍हो किनकि याे अरू खेल जस्ताे सहजै बुझ्ने खेल परेन। जिल्ला खेलकुद विकास समिति वर्षमा २ वटा प्रतियोगिता गर्छ त्याे पनि राष्ट्रपति र उपराष्ट्रपति रनिङ शिल्ड जसमा क्रीकेट समावेश छैन। नाम चलेका वाेडिङ स्कुलहरू र क्लबहरू छन् जाे छिट्टै सकिने प्रतियोगिताहरू मात्र गर्न खाेज्जछन्, जस्तैः भलिबल मात्रै । मैत्रीपुर्ण प्रतियोगिताहरू हुन्छन् जसमा पनि सहजै सकिने सजिला खेलहरू हुन्छन् । जिल्लामा कुन खेलकाे क्रेज बढि छ , खेलाडिहरू कुन खेलमा बढि आकर्षित छन् , भन्ने नबुझी प्रतियोगिताहरू हुने गरेका छन् । केन्द्र सरकार त छदैछ स्थानिय सरकारले पनि बढ्दाे युवाहरूकाे याे खेलप्रतिकाे चासाेलाइ ध्यानमा राखेर खेलमैदान , साथै ठुला ठुला प्रतियोगिताहरूमा सहभागिताकाे लागि सहयाेग गर्नुपर्ने हुन्छ। जिल्ला सदरमुकाममा एउटा सानाे खेलमैदान छ जसमा नेताका भाषण देखि हामिले खेलाउने प्रतियोगिताहरू ,याेग शिविरहरू साथै अन्य साना ठुला कार्यक्रमहरू हुदै अायका छन् ।तर यसकाे संरक्षणमा नत स्थानीय सरकार नत निजि क्षेत्र नत यहाँका स्थानिय कसैलाई ध्यान नै छैन । यसकाे स्तरउन्नतिले हामी सबैलाई राम्रो गर्ने हाे तर के गर्ने बुझ्नेहरूले कुरा नबुझी दिएपछि।

अहिलेको स्थितिमा सबैभन्दा ठुला समस्या के छन्, तिनका समाधान कसरी गर्न सकिन्छ ?
सबैभन्दा ठुलाे समस्या खेलमैदान नै हाे । एक स्थानीय सरकार एक खेलमैदान भनेर जुन ७५ लाखकाे लगानि खेलमैदानकाे लागि हुदैछ यदि याे रकम ठाउँमा लगानि भयाे भने धेरै हदसम्म खेलमैदानकाे अभाव हट्ला ।हाेइन खेलमैदानकाे लगानि सहि ठाउँमा सदुपयोग नहुने हाे भने उहीँ पुराने अवस्था र समस्या त झेल्ने हाेला। एउटा उत्कृष्ट खेलमैदान खेल संगै अन्य धेरै कामकाे लागि पनि सदुपयोग गर्न सकिन्छ भन्ने कुरा हामी सबैले बुझ्नु पर्याे।

अर्घाखाँची जिल्लाको सन्दर्भमा सन्धिखर्क भन्दा अन्य स्थानमा क्रीकेटको माहोल कस्तो छ, तपाईंको टिमले जिल्लाभर लाई समेत्न के कस्ता लक्ष्य लिएको छ ?
जिल्लामा रहेका ६ वटै पालिकाहरूमा क्रीकेटकाे माहाेल सकारात्मक रूपले अगाडि बढिरहेको छ। अभाव छ त केबल यसमा लगानिकाे , खेलमैदानमा लगानि र यसलाई अावश्यक पर्न सरसमानमा लगानिकाे। जिल्ला क्रीकेट संघ गठन भैसकेपछि हामिले चालेकाे पहिलाे कदम भनेकाे प्रत्येक पालिकामा क्रीकेट विकास समिति गठन हाे।जसमा छत्रदेब क्रीकेट विकास समिति गठन भयर पनि अाफ्नाे काम शुरू गरिसकेकाे छ।यसैगरि हामी बाँकी पालिकाहरूमा अबकाे २ महिना भित्रमा क्रीकेट विकास समिति गठन गरेर त्यहि क्रीकेट विकास समितिकाे पहलमा स्थानिय सरकारलाई दबाब दिदै र हामिले गर्नु पर्ने काम गर्ने भनेका छाै। जिल्ला क्रीकेट संघ गठन पछि प्रथम पालिका स्तरिय यू -१६ क्रीकेट प्रतियोगिता पनि हामिले सम्पन्न गरिसकेका छाै। अबकाे केही महिनामै जिल्लाकाे यू -१६ टिम छनाैट गर्दैछाै। स्कुल लेभलका क्रीकेट प्रतियोगिताहरूकाे सुरूवात पनि गर्दैछौं । पुरूष र महिला दुवैको । क्रीकेट वाट अाफ्नाे साथ साथै राष्ट्रकाे नाम राख्न चाहाने खेलाडिहरूकाे पहिचान गरि माथिल्लो लेभलमा क्रीकेट खेल्ने वातावरण मिलाउने काेशिसमा छाै। जिल्लावाट उत्कृष्ट खेलाडिहरूकाे पहिचान गर्न सजिलाे हाेस् र उनिहरूकाे क्षमता सबैसामु देखाउने माैका मिलाेस् भनेर Arghakhanchi Premier League ( APL) गर्दै अायका छाै। साथ थाेरैकाे छ लक्ष्य हाम्रो ठुलाे छ र काेशिस जारि छ।

सन्धिखर्कमा समय समयमा साना ठुला प्रतियोगिता भइरहन्छन् त्यसबाट के कस्तो उपलब्धि भएको छ ?
भलै टेनिस वलका प्रतियोगिताहरू किन नहुन बेला माैकामा भैरहने यस्ता खालका प्रतियोगिताले जिल्लामा क्रीकेट खेललाई मर्न दिएको छैन। हामी जिल्लामा याे खेलकाे क्रेज नघटाेस् र खेलवाटै केही गर्छु भन्ने खेलाडिकाे मनाेवल नगिराेस् भन्नेमा छाै ।

विगत ३ बर्ष देखि एपिएल आयोजना गर्दै आउनु भएको छ, अब असोज/कार्तिकमा एपिएलको तेस्रो संस्करण गर्दै हुनुहुन्छ, पहिलो संस्करण देखि तेस्रो संस्करण सम्म आइपुग्दा के कस्ता कुरालाई जोड दिनुभएको छ ?
एउटा जिल्लाकाे नाम संग जाेडिएकाे प्रतियोगिता ( Arghakhanchi Premier League : APL) उदेश्य एउटै हाे जिल्लाकाे खेलाडीलाई सबैसामु चिनाउनु र उनिहरूमा भएकाे प्रतिभालाई सबैसामु देखाउने ठाउँ खडा गर्नु र उनिहरूलाइ जिल्ला , प्रदेश हुदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन केही त मद्दत मिलाेस् भन्ने हाे । खेल विकास क्रम संगै याे खेलमा सबैकाे रुचि बढ्दाे छ।

जिल्लामा खेलाडी र समर्थकलाई अभिभावकको कत्तिको साथ रहेको पाउनु भएको छ, जिल्लाका खेलाडी, समर्थक तथा उनीहरुका अभिभावकलाई के भन्न चाहनुहुन्छ?
खेलाडिले अनुशासित ,मेहनत र लगनशीलता ले अाफ्नाे खेललाई अगाडि बढाउदै लग्ने हाे । समर्थकले राम्रो काम र कुरालाई साथ र हाैसला र समर्थन प्रदान गर्ने हाे । र अभिभावकले अनुशासित , मेहनत र लगनशीलताका साथ अगाडि बढेकाे खेल र अाफ्नाे सन्तानलाई थप उचाइमा पुर्‍याउन अावश्यक लगानि गर्ने हाे । तब वन्छ खेल र एउटा खेलाडी ।

तपाईंको मुख्य उदेश्य/लक्ष्य के छ ?
मुख्य उदेश्य जिल्लामा खेल र खेलाडिकाे विकास नै हाे। उत्कृष्ट खेलाडीहरू उत्पादन /साथ , हाैसला माया र समर्थन गर्ने समर्थक / अाफ्नाे सन्तानकाे खेल भावना बुझ्ने अभिभावक र थप उचाइमा पुर्याउन अाफुसक्दाे लगानि गर्ने अभिभावक / स्थानिय सरकारलाई खेल र खेलाडीमा लगानिकाे अबसरकाे दबाब दिइ जिल्लामा खेलकाे माहाेललाइ थप उचाइमा पुर्‍याउनु नै हाम्रो मुख्य उदेश्य र लक्ष्य रहेकाे छ।

अर्घाखाँची जिल्लामा वडा वडामा क्रीकेटर बन्ने सपना देखेका खेलाडी होलान् तर तिनीहरु सबैलाई खेलाडी बन्न मुख्यतया के गर्नुपर्छ थाहा छैन होला तिनीहरुलाई के भन्नुहुन्छ ?
हामिले भने जस्तो र सोचे जस्तो सामान्य छैन क्रीकेटर बन्न तर जसको लक्ष्य नै क्रीकेटर बन्ने छ जो जहिले क्रीकेटमा लागिरहेको छ त्यसलाई कठिन पनि छैन। क्रीकेटमा मात्र हैन कुनै पनि खेलमा प्रशिक्षण र मेहनत विनाको खेलाडी हुदैन। अर्घाखाँचीको वडा वडाको कुरा गर्दा कुनै पनि खेलाडीले जिल्लामा हुने प्रतियोगिता खेल्न सक्छ त्यसबाट उसको प्रदर्शन हेरिन्छ उत्कृष्ट खेल्यो भने अवसर पाउछ। अब खेलाडी नै बन्छु भन्ने लक्ष्य लिएकोले एकेडेमीमा अभ्यास गर्दा उपयुक्त हुन्छ, एकेडेमीबाट धेरै सिक्न सकिन्छ, त्यस्तै एकेडेमीमा सिकेपछी मौका र अवसर पनि बढी हुन्छ।

हवस, समय दिनुभयो यसको लागि धन्यवाद
हवस धन्यवाद

क्रीकेट हामिले सोच्ने जस्तो कुनै साधारण खेल होइन, क्रीकेट खेल्न निकै मेहनत र परिश्रम चाहिन्छ। हामीले मैदानमा निश्चित खेलाडीले क्रीकेट खेलेको देख्छौ तर खेलाडीले मात्रै क्रीकेट खेल्न सम्भव छैन, क्रीकेट खेल्न लगानी, प्रशिक्षण, साथ सहयोग आवश्यक पर्छ। आज हामीले अर्घाखाँची जिल्लामा क्रीकेटलाई नै आफ्नो जीवन सम्झिएर काम गरिरहेका व्याक्ती ऋषिकेश भट्टराईसंग छोटो कुराकानी गर्यौ। उहाँ अर्घाखाँची क्रीकेट संघका अध्यक्ष पनि हुनुहुन्छ। उहाँ लगायत अर्घाखाँची जिल्लाको क्रीकेट प्रती तपाईंको कुनै जिज्ञासा छ वा तपाईंले केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने तपाईंले आफ्ना भनाइ पठाउन सक्नुहुनेछ। तपाईंको जिज्ञासाको उत्तर लिएर हामी फेरि आउने छौ।

।।।धन्यवाद।।।