Cricket Himalaya
Cricket News From Top of The World

एकदिवसीय बिश्वकप २०२३ को छनोट सुरु, नेपालको स्पस्ट रोडम्याप

श्रावण २८, क्रिकेट हिमालय

२०२३ को विश्वकपको छनोटको स्पस्ट नया रोडम्याप आइसिसी (ICC) ले यसअघि नै निकालेको छ | नया सम्रचनाको छनोट प्रतियोगिता अन्तर्गत लिग-२ को पहिलो श्रीन्खला श्रावण २९ देखि अन्तर्गत स्कटल्याण्ड, ओमान र पपुवा न्युगिनी खेल्दैछन |

एकदिवसीय बिश्वकप २०२३ छनोट अभियान

२०२३ को एकदिवसीय बिश्वकप छनोट अभियान अन्तर्गत ३ वटा निम्न लिगहरु हुनेछन, जहाबाट मात्र १० टिमले बिश्वकप खेल्नेछन

१. आइ सि सि सुपर लिग

१२ टेस्ट नेसनहरु र नेदरल्यान्ड गरि कुल १३ टिम बिच सुपर लिग हुनेछ |यो लिगको टप ८ सिधै बिश्वकपको लागि छनोट हुनेछ्न भने बाकी ५ टिम बिश्वकप फाइनल क्वालिफायर खेल्नेछन|

२. आइसिसी लिग २

– नेपाल, यु ए इ र स्कटल्याण्ड सहित डिबिजन टु बाट आएका ४ टिमहरु ओमान, युएसए, पिएजि र नामिबिया गरि कुल ७ टिमले यो लिग खेल्नेछन |ओ डि आइ स्टाटस प्राप्त यो लिगको टप ३ टिमहरु सिधै बिश्वकप फाइनल क्वालिफायर खेल्नेछन भने बाकी ४ टिमहरु बिश्वकप फाइनल क्वालिफायर प्ले अफ खेल्नेछन |

३. आइसिसी च्यालेन्ज कप

– विश्व क्रिकेट लिगका २१-३२ र्यान्कका १२ टिमहरु (जसमा डिबिजन टुमा असफल भएका हङ्गकङ्ग र क्यानडा सङ्गै बाकी १० टिम) यो कप खेल्नेछन |

६/६ टिम गरि दुई ग्रुपमा बिभाजन हुने यो कपका ग्रुप बिजेता २ टिमले बिश्वकप क्वालिफायर प्ले अफखेल्नेछन !

४ बिश्वकप क्वालिफायर फाइनल प्ले अफ

आइसिसी लिग २ का बटम ४ र आइसिसी च्यालेन्ज कपका टप २ गरि कुल ६ टिमले बिश्वकप फाइनल क्वालिफायर प्ले अफ खेल्नेछन | यो प्ले अफको टप २ टिमहरुले बिश्वकप फाइनल क्वालिफायर खेल्नेछन |

५. बिश्वकप फाइनल क्वालिफायर

– आइसिसी सुपर लिगका बटम ५, आइसिसी लिग २ का टप ३ र बिश्वकप क्वालिफायर प्ले अफका टप २ गरि कुल १० टिमले बिश्वकप क्वालिफायर खेल्नेछन भने यो क्वालिफायरको मात्र टप २ ले एकदिवसीय बिश्वकप २०२3 खेल्नेछन |

नेपालको बिश्वकपको बाटो

सिधा र पहिलो बाटो : ICC लिग २ मा टप ३ हुँदै बिश्वकप फाइनल क्वालिफायरमा पुग्ने, त्यहा टप २ हुने, बिश्वकप खेल्ने

घुमाउरो र दोश्रो बाटो : ICC लिग २ मा बटम ४ भयमा बिश्वकप फाइनल क्वालिफायर प्ले अफ खेल्ने, प्ले अफमा टप २ हुने, बिश्वकप फाइनल क्वालिफायरमा टप २ हुँदै बिश्वकप खेल्ने

२०२३ को एकदिवसीय बिश्वकप खेल्ने नेपालको पहिलो खुडकिलो लिग-२

आइसिसी बिश्वकप लिग २ मा नेपाल, स्कटल्याण्ड, युएइ, नामिबिया, युएसए, पिएनजि, ओमान रहेका छन |

अगस्ट २०१९ देखि जनवरी २०२२ बिचको समयमा हरेक टिमले ३६/३६ गरि कुल १२६ वटा एकदिवसीय खेल लिग २ अन्तर्गत हुनेछन |

यस प्रतियोगिताको शीर्ष ३ टोलीले आइसीसी विश्वकप फाइनल छनोट २०२२ मा सिधै स्थान बनाउनेछन् । पुछारका ४ टोली भने विश्वकप फाइनल छनोटको प्लेअफमा पुग्नेछन् । उक्त प्लेअफमा च्यालेन्ज लिगबाट आएका विजेतासँग अन्तिम छनोटका लागि प्रतिस्पर्धा गर्नुपर्ने छ ।

लिग २ को लागि नेपालले खेल्ने सिरिज

१. नेपाल,ओमान र अमेरिका सम्मिलित सिरिज सन् २०२० फेब्रुअरी ५ देखि १२ सम्म (२०७६ माघ २२ देखि २९) टीयू मैदानमा हुनेछ ।

२. अप्रिल २०-२७, २०२० : नामिबियामा नामिबिया र नेपालसँगै स्कटल्यान्ड सम्मिलित सिरिज खेल्नेछ

३. जुन २०२० : नेपाल, नामिबिया र स्कटल्यान्ड बिच अर्को सिरिज खेल्नेछन

४. जनवरी २०२१ : नेपालले ओमान र अमेरिका सङ्ग खेल्नेछ

५. फेब्रुअरी २०२१ : नेपालले यूएई र पीएनजीसँग खेल्ने छ

६. अगष्ट २०२१ : नेपालले अमेरिका र ओमानसँग सिरिज खेल्नेछ

७. नोभेम्बर २०२१ : नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ

८. २०२२ जनवरी : यूएई र पीएनजीविरुद्ध सिरीज हुनेछ