Cricket Himalaya
Cricket News From Top of The World

प्रथम मदन न्यौपाने खुल्ला नकआउट क्रीकेट प्रतियोगिता भदौ ७ गतेदेखि, टिम दर्ता खुल्ला

क्रीकेट हिमालय , श्रावण २६

स्वर्गीय मदन न्यौपानेको सम्झनामा श्री नव जन जागृती युवा क्लब सैनामैनाको आयोजनामा प्रथम मदन न्यौपाने खुल्ला नकआउट क्रीकेट प्रतियोगिता भदौ ७ गतेदेखि सुरु हुने भएको छ । खेल २०/२० ओभरको हुनेछ । प्रतियोगिताका सबै खेलहरु बयर कट्टी खेल मैदानमा हुनेछन, टिम दर्ता गर्ने अन्तिम समय भदौ ६ गते सम्म रहेको प्रतियोगितामा सहभागी टिमको लागि प्रवेश शुल्क ५ हजार लाग्नेछ ।

आयोजकले प्रतियोगितामा सहभागी सबै टिमलाई टिम दर्ता गर्न अनुरोध गरेको छ ।प्रतियोगिता बिजेता र उपबिजेताले क्रमश ५५,५५५ र २५,५५५ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीहरुलाइ आकर्षक पुरस्कारको ब्याबस्था रहेको आयोजक ले जनाएको छ । टिम दर्ताको लागि सम्पर्क ९८१४४३७५०९, ९८०७९७३६४७