Cricket Himalaya
Cricket News From Top of The World

ग्लोबल टि२० क्यानडा : सन्दिप लामिछानेको दोश्रो सिजन पहिलो भन्दा कमजोर

श्रावण २४, क्रिकेट हिमालय

दोस्रो संस्करणको ‘ग्लोबल टि-ट्वान्टी लिग क्यानडा’ अन्तर्गत सन्दिप लामिछानेले टोरन्टो न्यासनल्स बाट प्रतिनिधित्व गर्दै ४ खेलमा १५ ओभर बलिङ्ग गर्दै १३१ रन दिएर कुल ५ विकेट लिएका छन |

टोरन्टो न्यासनलले लिग चरणका ५ खेल, दोश्रो राउन्डमा १ खेल र इलिमिमेटरमा १ गरि कुल ७ खेल खेल्यो भने सन्दिपले अन्तिमका ४ खेल खेलेका थिए |

सन्दिपको प्रदसन

सिजनमा डेब्यु गरेका सन्दिप लामिछानेले टिमको चौथो खेलमा मोन्ट्रीयल बिरुद्ध ४ ओभरमा २८ रन दिएर १ विकेट लिएका थिए | पाचौ खेलमा वुल्भ्स बिरुद्ध ४ ओभरमा ४४ रन दिएर १ विकेट लिएका थिए भने दोश्रो राउन्डको खेलमा मोन्ट्रीयल बिरुद्ध सन्दिप लामिछानेले ३ ओभरमा २५ रन दिएर १ विकेट लिएका थिए |इलिमिनेटरमा ह्वक्स बिरुद्ध सन्दिप लामिछानेले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिएका छन |

टोरन्टो न्यासनल प्रदसन

सन्दिप आवद्ध टोरन्टो न्यासनलले पहिलो खेलमा भ्यान्कौभेर नाइट्स सङ्ग पराजित भएको थियो भने दोश्रो खेलमा एडमन्टन रोयल्स बिरुद्ध २ विकेटको जित हात पारेको थियो | त्यसैगरी तेश्रो खेलमा सोमपाल आवद्ध विन्निपेग ह्वक्स सङ्ग ३ विकेटले पराजित भएको थियो |ब्रहम्प्टन वुल्भ्स बिरुद्ध ११ रनले चौथो खेलमा पराजित रहेको थियो | पाचौ खेलमा मोन्ट्रीयल बिरुद्ध ४ विकेटको जित निकाल्न सफल भएको थियो | दोश्रो राउन्डको खेलमा मोन्ट्रीयल बिरुद्ध नै ५४ रनको जित निकालेको थियो | अन्तिम इलिमिनेटरमा ह्वक्स सङ्ग डिएल मेथडमा २ रनले पराजित रह्यो |

सन्दिप आवद्ध टोरन्टो न्यास्नल टिम

युवराज सिंह (कप्तान), ट्रेन्ट बोल्ट, मनप्रीत गोनि, जेरेमी गोर्डन, क्रीस ग्रीन, हेइनरिच क्लासिन, सन्दिप लामिछाने, कालम म्याक्लियड, मिचेल म्याक्लेघान, ब्रेन्डन म्याकुलम, मार्क मन्टफर्ट, सलमान नजर, काइरेन पोलार्ड, गुलाम सब्बेर, रबिन्दरपल सिंह, चिराग सुरि, रोड्रीगो थोमस

सहभागी टिम

ब्रहम्प्टन वुल्भ्स, एडमन्टन रोयल्स, मोन्ट्रीयल टाइगर्स, टोरन्टो न्यासनल्स, भ्यान्कौभेर नाइट्स, विन्निपेग हव्क्स

टोरन्टो न्यासनलले सन्दिपलाइ ६० हजार डलरमा आवद्ध गरेको हो

पहिलो सिजनमा सन्दिपको प्रदसन

पहिलो संस्करणको ग्लोबल टि-ट्वान्टी क्यानडा क्रीकेट प्रतियोगितामा सन्दीप लामिछाने लासिथ मालिंगाको कप्तानिमा रहेको मोन्ट्रेअल टाइगर्समा आवद्ध थिए। प्रतियोगितामा उनी आवद्ध टिम जम्मा ६ खेल मध्ये २ खेलमा जित र ४ खेलमा पराजित हुदै प्रतियोगिताको पाँचौ भएको थियो।

६ मध्ये ५ खेल खेलेका सन्दीप लामिछानेले २० ओभरमा २ मेडन ओभर गर्दै १५७ रन खर्चिएर ८ विकेट लिएका थिए।

२० ओभर (१२० बल) मा ५७ बल डट गरेका लामिछानेको बलिङ एभरेज १९.६३, इकोनोमी ७.८५ र स्ट्राइक रेट १५ छ। त्यस्तै २ खेलमा ब्याटिङ गर्दै ४ बल खेलेका लामिछानेले ८ रन जोडेका थिए।