Cricket Himalaya
Cricket News From Top of The World

टोरन्टो बिजयी हुँदै ‘इलिमिनेटर’ प्रबेस, सन्दिपको लगातार उत्कृष्ट प्रदसन,

श्रावण २२, क्रिकेट हिमालय

श्रावण ९ देखि सुरु भएको दोस्रो संस्करणको ‘ग्लोबल टि-ट्वान्टी लिग क्यानडा’ अन्तर्गत दोश्रो राउन्डमा सन्दिप लामिछाने आवद्ध टोरन्टोले मोन्ट्रीयल बिरुद्ध जित निकालेको छ |

सुरुमा ब्याटिङ गरेको टोरन्टोले २० ओभरमा ५ विकेट गुमाउदै १८९ रन बनाएको थियो | लक्ष पछ्याएको मोन्ट्रीयल १९.३ ओभरमा अल आउट हुँदै १५४ रनमा समेटिएपछि ५४ रनले पराजित रह्यो |

सन्दिप लामिछानेले ३ ओभरमा २५ रन दिएर १ विकेट लिएका छन |

यो जित सङ्गै टोरन्टोले एलिमिनेटरमा ह्वक्स बिरुद्ध खेल्ने पक्का गरेको छ |

सन्दिप र सोमपालको प्रदसन

सिजनमा डेब्यु गरेका सन्दिप लामिछानेले टिमको चौथो खेलमा ४ ओभरमा ४४ रन दिएर १ विकेट लिएका थिए |

सोमपाल कामिले टिमको पाचौ खेलमा २ ओभरमा ३३ रन दिएर कुनै विकेट लिन सकेनन |

हालसम्म टोरन्टो न्यासनल र विन्निपेग ह्वक्सको प्रदसन

सन्दिप आवद्ध टोरन्टो न्यासनलले पहिलो खेलमा भ्यान्कौभेर नाइट्स सङ्ग पराजित भएको थियो भने दोश्रो खेलमा एडमन्टन रोयल्स बिरुद्ध २ विकेटको जित हात पारेको थियो | त्यसैगरी तेश्रो खेलमा सोमपाल आवद्ध विन्निपेग ह्वक्स सङ्ग ३ विकेटले पराजित भएको थियो |ब्रहम्प्टन वुल्भ्स बिरुद्ध ११ रनले चौथो खेलमा पराजित रहेको थियो | पाचौ खेलमा मोन्ट्रीयल बिरुद्ध ४ विकेटको जित निकाल्न सफल भएको थियो |

त्यसगरी सोमपाल कामी आवद्ध विन्निपेग ह्वक्सले आफ्नो पहिलो खेलमा मोन्ट्रीयल टाइगर्स बिरुद्ध २४ रनले पराजित रहेको थियो भने श्रावण १२ मा दोश्रो खेल भ्यान्कौभेर नाइट्सलाई ७ विकेटले र सोमपाल आवद्ध टोरन्टो न्यासनललाइ ३ विकेटले पराजित गरेको थियो | चौथो खेलमा उल्भ्स बिरुद्ध ७ रनले पराजित रहेको थियो भने पाचौ खेलमा एडमन्टन रोयल्स सङ्ग ८ विकेटले पराजित रहेको थियो |दोश्रो राउन्डको खेल बर्षाले रद्ध भएको थियो |

अन्क तालिका

सोमपाल आवद्ध विन्निपेग ह्वक्स टिम

रयद इमरित (कप्तान), उमर अक्मल, साइमन अनवर, ड्वाने ब्राभो, जेपि ड्युमिनी, रोमेस इराङ्गा, उमेयर घानी, सोमपाल कामी, क्रीस लिन, कलिम शाना, वरुन सेहदेब, रमिब सहजाद, ड्वयने स्मिथ, सन्नी सोहल, हम्जा तारिक, पौल भान मिकिरन, नजिबुल्लाह जद्रान

सन्दिप आवद्ध टोरन्टो न्यास्नल टिम

युवराज सिंह (कप्तान), ट्रेन्ट बोल्ट, मनप्रीत गोनि, जेरेमी गोर्डन, क्रीस ग्रीन, हेइनरिच क्लासिन, सन्दिप लामिछाने, कालम म्याक्लियड, मिचेल म्याक्लेघान, ब्रेन्डन म्याकुलम, मार्क मन्टफर्ट, सलमान नजर, काइरेन पोलार्ड, गुलाम सब्बेर, रबिन्दरपल सिंह, चिराग सुरि, रोड्रीगो थोमस

सहभागी टिम

ब्रहम्प्टन वुल्भ्स, एडमन्टन रोयल्स, मोन्ट्रीयल टाइगर्स, टोरन्टो न्यासनल्स, भ्यान्कौभेर नाइट्स, विन्निपेग हव्क्स

६ टिम सहभागी हुने प्रतियोगिता राउन्ड रोबिन र प्ले अफ सिस्टममा संचालन हुनेछ। प्रतियोगितामा १८ राउन्ड रोबिन, ३ प्ले अफ र १ फाइनल गरि जम्मा २२ खेल हुनेछन्।

टोरन्टो न्यासनलले सन्दिपलाइ ६० हजार डलरमा आवद्ध गरेको हो भने सोमपाल कामिलाइ ३ हजार डलरमा हक्सले आवद्ध गरेको थियो |

पहिलो सिजनमा सन्दिपको प्रदसन

पहिलो संस्करणको ग्लोबल टि-ट्वान्टी क्यानडा क्रीकेट प्रतियोगितामा सन्दीप लामिछाने लासिथ मालिंगाको कप्तानिमा रहेको मोन्ट्रेअल टाइगर्समा आवद्ध थिए। प्रतियोगितामा उनी आवद्ध टिम जम्मा ६ खेल मध्ये २ खेलमा जित र ४ खेलमा पराजित हुदै प्रतियोगिताको पाँचौ भएको थियो।

६ मध्ये ५ खेल खेलेका सन्दीप लामिछानेले २० ओभरमा २ मेडन ओभर गर्दै १५७ रन खर्चिएर ८ विकेट लिएका थिए।

२० ओभर (१२० बल) मा ५७ बल डट गरेका लामिछानेको बलिङ एभरेज १९.६३, इकोनोमी ७.८५ र स्ट्राइक रेट १५ छ। त्यस्तै २ खेलमा ब्याटिङ गर्दै ४ बल खेलेका लामिछानेले ८ रन जोडेका थिए।