Cricket Himalaya
Cricket News From Top of The World

कप्तान पारस खड्का आइसिसी वरियतामा २५ औं स्थानमा

श्रावण २२, क्रिकेट हिमालय

आइसिसिले टी-ट्वान्टी क्रिकेटको सार्वजनिक गरेको नया वरियतामा टी-ट्वान्टी क्रिकेट तर्फ नेपालका पारस खड्का, वसन्त रेग्मी र सोमपाल कामी अटाएका छन्।

अलराउण्डर तर्फको वरियतामा कप्तान पारस खड्का ९० अंक सहित वरियताको २५ औं स्थानमा रहेका छन्। अलराउण्डर तर्फको वरियतामा कप्तान पारस खड्काले राशिद खान, हार्दिक पाण्डय, क्रिस मोरिस, आन्द्रे रसेल, बेन स्टोक्स लाई पछि परेका छन्। अलराउण्डर तर्फ नेपालका सोमपाल कामी ४९ अंक सहित वरियतामा ६६ औं स्थानमा रहेका छन्।

ब्याटिङको वरियतामा कप्तान पारस खड्का ६६ औं स्थानमा रहेका छन्। यस्तै बलिङ तर्फको वरियतामा ४११ अंक पाएका वसन्त रेग्मी ७१ स्थानमा रहदा सोमपाल कामी ३९१ अंक सहित सोमपाल कामी ७८ औं स्थानमा यथावत रहेका छन्।