Cricket Himalaya
Cricket News From Top of The World

ओमानमा नेपाल सहित ५ देस सम्मिलित टि२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज हुँदै

श्रावण २१, क्रिकेट हिमालय

ओमान क्रिकेटको आयोजनमा अक्टोबर ३ (असोज १६) देखि नेपाल सहित पाच देस सम्मीलित टि२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ |

प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्ने जनाइएको छ |

नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन सिवाकोटीले ओमानमा हुने टी-२० प्रतियोगितामा सहभागी हुनका लागि इमेल आएको पुष्टि गरेका छन भने आयोजकले सबै टिमले खेल्ने पक्का भएको जनाएको छ |

नेपालको सहभागिता भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आधिकारिक रुपमा निर्णय गरेपछी मात्र हुनेछ |