Cricket Himalaya
Cricket News From Top of The World

बिश्वकप एसियाली फाइनल छनोट : नेपालको तेश्रो प्रतिद्वन्द्वी कुवेत

श्रावण ८, क्रिकेट हिमालय

सिङ्गापुरमा जुलाई २२ देखि २८ सम्म हुने विश्वकप एसियाली फाइनल छनोट अन्तर्गत नेपालले तेश्रो खेल श्रावण ११ मा कुवेत बिरुद्ध खेल्नेछ ।

पहिलो खेलमा अप्रत्याशित रुपमा कतार सङ्ग पराजित नेपालले दोश्रो खेलमा मलेसियालाई पराजित गर्दै ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना जिवित राखेको छ ।

अंक तालिका

नेपालले २७ जुलाईमा कुवेत सँग र २८ जुलाईमा सिङ्गापुर सँग खेल्नेछ । प्रतियोगिताको सबै खेल इन्डियन एसोसिएसन क्रिकेट मैदानमा हुनेछ्न । नेपाली समय अनुसार पहिलो खेल ७:४५ बजे बिहान र दोश्रो खेल १२:१५ बजे सुरु हुनेछ ।

सहभागी टोलिहरु

प्रतियोगितामा टिम नेपाल, टिम मलेसिया, टिम कतार, टिम कुवेत र टिम सिङ्गापुर ले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको शीर्षस्थानमा रहने टिम अक्टोबर २०१९ मा युएईमा हुने आईसीसी ग्लोबल टि ट्वान्टी क्वालिफाएरमा छनोट हुनेछ । प्रतियोगिताका सम्पुर्ण खेलहरु टि-२० अन्तर्राष्ट्रिय हुनेछन ।

१४ टिम सहभागी ग्लोबल टि ट्वान्टि क्वालिफाएर बाट उत्कृष्ट ६ टिम ले अष्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछन ।

Nepal: Paras Khadka (Captain), Abhinash Bohara, Basant Regmi, Binod Bhandari, Dipendra Singh Airee, Gyanendra Malla, Karan KC, Lalit Narayan Rajbanshi, Pawan Sarraf, Pradeep Airee, Rohit Kumar Paudel, Sandeep Lamichhane, Sharad Vesawkar & Sompal Kami

Kuwait: Adnan Idrees, Ahsan Naseer, Bilal Khan, Hamoud Jandu, Ilyaas Ahmad, Kashif Shareef (Captain), Meet Bhavsar, Mohammed Aslam, Nawaf Ahmed, Naveed Fakhr, Ravija D’ Silva, Sanker Warathapan, Shiraz Khan & Usman Waheed

नेपालको खेल