Cricket Himalaya
Cricket News From Top of The World

बिश्वकप एसियाली फाइनल छनोट : नेपालको तयारी पुरा, पहिलो प्रतिद्वन्द्वी कतार

श्रावण ४, क्रिकेट हिमालय

ईसिसी टि-ट्वान्टी विश्वकपको एसियाली क्षेत्रको फाइनल छनोटको तयारी स्वरुप मलेसिया र नेपाल द्विपक्षीय टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको उपाधी जित्दै सिङ्गापुर पुगेको नेपालले तयारी सम्पन्न गरेको छ । नेपालले पहिलो खेल श्रावण ७ गते कतार बिरुद्ध खेल्नेछ । टि-२० अन्तर्राष्ट्रिय सिरिज जित्न सफल टिम नेपाल टि-२० बिश्वकप एसियालि फाइनल छनोट, ग्लोबल क्वालिफायर हुँदै बिश्वकप सम्म पुग्ने लक्ष राखेको छ ।

टिम नेपाल

१. पारस खड्का (कप्तान), २. ग्यानेन्द्र मल्ल, ३. शरद भेषावकर, ४. वसन्त रेग्मि, ५. बिनोद भण्डारी, ६. सोमपाल कामी, ७. करण केसी, ८. प्रदिप ऐरि, ९. सन्दिप लामिछाने १०. दिपेन्द्र ऐरि, ११. अभिनास बोहरा, १२. पवन सराफ, १३. रोहितकुमार पौडेल र १४. ललित नारायण राजवंशी रहेका छन ।

१. टि-२० बिश्वकप एसियाली छनोट

सिङ्गापुरमा जुलाई २१ देखि २८ (श्रावण ५-१२) सम्म हुने टि२० बिश्वकप एसियाली फाइनल छनोट प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल श्रावण ७ गते कतार बिरुद्ध खेल्दैछ । प्रतियोगितामा नेपाल सहित सिंगापुर, मलेसिया, कतार र कुवेत गरि ५ टिम सहभागी हुनेछन् । एसियाली फाइनल छनोट खेलबाट १ टिम ग्लोबल क्वालिफायरमा पुग्नेछ, युएई ग्लोबल छनोटको आयोजक भएकोले सिधै ग्लोबल छनोटमा प्रवेश गरेको छ ।

२. एसियन फाइनल छनोटमा नेपालको खेल

Advertisement

पहिलो खेल : २३ जुलाई – कतार
दोश्रो खेल : २४ जुलाई – मलेसिया
तेश्रो खेल : २७ जुलाई – कुवेत
चौथो खेल : २८ जुलाई – सिंगापुर

३. ग्लोबल क्वालिफायर

एसियाका २ सहित बाँकी रिजनल क्वालिफायरबाट आउने ६ र ११-१६ र्यान्क हुने ६ गरि कुल १४ टिम बिच ग्लोबल क्वालिफायर हुनेछ ।

उक्त ग्लोबल क्वालिफायरबाट ६ टिम बिश्वकपमा पुग्नेछन ।

४. २०२० बिश्वकप – दुई चरणमा हुदैछ

क. दोश्रो चरण : सुपर १२

२०१८ डिसेम्बर ३१ सम्म आईसिसी टि-२० वरियतामा उत्कृस्ट ८ भित्र शिर्ष स्थानमा रहेको पाकिस्तान, भारत, अस्ट्रेलिया, दक्षिण अफ्रीका, न्युजिल्याण्ड, वेस्ट इन्डिज र अफगानिस्तान २०२० बिश्वकपको मुख्य चरण सुपर-१२ को लागि स्वत: भएका छन् । बाकी ४ टिमहरु पहिलो चरणबाट क्वालिफाई भएर आउनेछन ।

ख. पहिलो चरण : सुपर १२ को लागि छनोट

टि-२० बरियतामा टप ८ मा पर्न असफल २ टेस्ट टिमहरु बङलादेश, श्रीलन्का र ग्लोबल क्वालिफायरबाट आउने ६ उत्कृष्ट टिमहरु बिचबाट उत्कृष्ट ४ टिम बिश्वकपको दोश्रो चरण सुपर १२ मा पुग्नेछन ।